१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

मेलम्ची नगरपालिकाद्वारा पाँचपोखरी र हेलम्बुलाई आर्थिक सहयोग

विसं २०७८ असार १ तथा त्यसपछिका बाढी, पहिरोबाट प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकालाई मेलम्ची नगरपालिकाले रु १० लाख आर्थिक सहयोग गरेको छ।

यही भदौ १९ गते बसेको नगर कार्यपालिकाको बैठकले बाढी तथा पहिरो प्रभावित छिमेकी दुई हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकालाई १०/१० लाख सहयोग गर्ने निर्णय गरेको थियो।

छिमेकी पालिकाहरूमा समस्या पर्दा केही सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको नगर प्रमुख आइतमान तामाङले बताए। रु १० लाखको चेक ग्रहण गर्दै पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले सहयोगका लागि धन्यवाद व्यक्त गरे। उनले मेलम्ची नगरपालिका असल छिमेकीको रूपमा प्रस्ततु भएको भन्दै यसले गाउँपालिकालाई ठूलो सहयोग भएको बताए । अध्यक्ष लामाले बाढीग्रस्त तीनै पालिका मिलेर सङ्घ र प्रदेश सरकारलाई झकझकाउनु पर्ने बताए।

हेलम्बु गाउँपालिकालाई भोलि रकम हस्तान्तरण गरिने मेलम्ची नगर प्रमुख तामाङले जानकारी दिए। रकम हस्तान्तरण कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडाध्यक्षहरू चन्द्रबहादुर तामाङ, अमृत खनाल, राजु रायमाझी, गणेश तामाङ र लेखा अधिकृत मुरारी पुडासैनीलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: २६ भाद्र २०८० १६:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App