४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एभरेष्ट बैंकद्वारा मानव सेवा आश्रमलाई सहयोग

एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवाआश्रम गोरखालाई पाँच लाख रूपैयाँ सहयोग गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले गोरखामा आयोजित कार्यक्रममा आश्रमका गण्डकी प्रदेश संयोजक मुना लामालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे। उक्त अवसरमा खालिङले बैंकको यो सहयोगबाट आश्रममा आश्रित बेसाहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिक रूपमा अति कमजोर सडक आश्रित मानवहरूको उद्धार, उपचार, संरक्षण र पालनपोषणमा थप टेवा पुग्ने उल्लेख गरे।

साथै आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामाले बैंकको सहयोगले आश्रममा आश्रित सम्पूर्ण मानवहरूले अझ सुलभ सेवा लिने बताइन्।

प्रकाशित: २२ भाद्र २०८० ०१:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App