२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

पुल बगाएको २८ दिनमै हेवा खोलामा नयाँ पुल

अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा अबरुद्ध बनेको मेची राजमार्ग आइतबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको अगुवाईमा पुल बगाएको चार साताभित्र नयाँ पुल निर्माण गरी यातायात सुचारु गराएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए। ३ असारमा आएको बाढीले मेची राजमार्ग अन्तर्गतको हेवा खोला पुल बगाएपछि ताप्लेजुङ जिल्लासँग यातायात सम्बन्ध विच्छेद भएको थियो।

पुल बगेलगतै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले क्षतिग्रस्त क्षेत्रमा पुगेर तत्काल निर्माण सक्न निर्देशन दिएका थिए। मन्त्रीले निर्देशन दिएको २८ दिनभित्र बेलिब्रिज निर्माण गरी यातायात सञ्चालनमा आएको छ। निरन्तरको वर्षाले समयमा काम गर्न नदिए पनि २८ दिनभित्र नयाँ बेलिब्रिज निर्माण गरेर सवारी साधन आवतजावत शुभारम्भ गरिएको हो।

महानिर्देशक ढकाल दुई पटक बाढी प्रभावित क्षेत्रमा पुग्नुभएको थियो। बेलिब्रिज निर्माण सक्नुअघि डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो। बनाएको डाइभर्सन पनि दुई पटक बाढीले बगाएको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बर्सातको समयलाई लक्षित गरी टास्क फोर्स निर्माण गरेको छ। भौतिक संरचना क्षति भएको ठाउँमा तत्काल पुनर्निर्माण थाल्न टास्क फोर्स बनाएको हो।  

प्रकाशित: १ श्रावण २०८० ०३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App