५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

कपिलवस्तुमा धान बाली पकेट कार्यक्रम

धान खेतीको उत्पादन बढाउन कपिलवस्तु नगरपालिकाका २ स्थानमा धानबाली पकेट कार्यक्रम सञ्चालन गरिएको छ। कपिलवस्तु नगरपालिका कृषि शाखाको अगुवाईमा नगरपालिकाको वडा नम्बर ३ सुखरामपुर र वडा नम्बर ७ धरमपनीयामा धानबाली पकेट कार्यक्रम सञ्चालन गरिएको छ।

सुखरामपुरमा ताम्रेश्वर कृषि सहकारी संस्था लिमिटेड र धरमपनीयामा शिवशक्ति बिउ उत्पादन कृषक समूहमा आबद्ध कृषकहरूलाई विभिन्न कृषि सामग्री र साना यान्त्रिक सामाग्रीहरू प्रदान गरिएको नगरपालिका कृषि शाखाका प्रमुख भगवानदास गुप्ताले बताए। सुखरामपुरमा एक वर्ष अघिदेखि धानबाली पकेट कार्यक्रमहरू सञ्चालन गरिएको उनले बताए।

धान खेतीको उत्पादन बढाउन नगरपालिकाले ती दुई कृषक समूहमा आबद्ध भएका कृषकलाई ५० प्रतिशत अनुदानमा ती सामग्रीहरू प्रदान गरिएको हो। ताम्रेश्वर कृषि सहकारीमा आबद्ध भएका कृषकलाई १४ आरपिएमको ५ हर्ष पावरको सानो पम्पसेट ३ वटा प्रदान गरिएको छ।

यस्तै ५ हर्ष पावरको चाइनिज पम्पसेट १० वटा, जिरो वेटर एउटा, डेलिभरी सेक्सन पाइप डेढ सय केजीलगायतका सामग्री प्रदान गरिएको हो। उक्त सामग्रीहरू वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरेले कृषकहरूलाई हस्तान्तरण गरेका थिए।

ताम्रेश्वर कृषि सहकारीका अध्यक्ष राधेश्याम कोरीले प्राप्त सामग्री धान खेतीको उत्पादन बढाउन आफूहरूलाई उपयोगी हुने बताए। सो अवसरमा वडाध्यक्ष गैरेले कृषकहरूलाई सरकारले समय मै मल र सिँचाइको प्रबन्ध गर्न आग्रह गरे। उता धरमपनीयामा शिव शक्ति बिउ उत्पादन कृषक समूहका कृषकलाई समेत विभिन्न कृषि सामाग्रीहरू प्रदान गरिएको छ। ५ हर्ष पावरको २६ सय आरपिएमको चाइनिज पम्पसेट ४ वटा, सोलार सिँचाइ एउटा, जिरो बेटर एउटा, स्प्रेयर ५ वटा, पानी तान्ने २ हर्ष पावरको पम्पसेट ३ वटा प्रदान गरिएको छ।

यस्तै जिंक, सल्फर, झारपात नाशक विषादी, सेक्सन पाइप डिलेभरी पाइप चेकवाल लगायतका सामग्री वितरण गरिएको छ। वडा नम्बर ७ का अध्यक्ष ईन्द्रमणि चौधरीले सो सामग्रीहरू हस्तान्तरण गरेका थिए। सो अवसरमा वडाध्यक्ष चौधरीले प्राप्त सामग्रीहरू सही सदुपयोग गर्न आग्रह गरे। पम्पसेट मोटर र सोलार सिस्टमले आफूहरूलाई सिँचाइ गर्न सजिलो हुने कृषकहरूले बताए।  

प्रकाशित: १५ असार २०८० ०२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App