२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

२१ सय कार्टुन बियर नियन्त्रण

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले म्याद गुज्रिएका बाह्रसिंङ्गे ब्राण्डका २१ सय कार्टुन वियर नियन्त्रणमा लिएको छ।

याक ब्रुअरी कम्पनीले उत्पादन गरेका बाह्रसिंङ्गे ब्राण्डका बियर काठमाडौं महानगरपालिका वडा नं ४ धुम्बराहीमा रहेको कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङ प्रालिका गोदामबाट मंगलबार नियन्त्रणमा लिइएको विभागले जनाएको छ।

विभागको निरीक्षण टोलीले उपभोग्य मिति सकिएका वियर भेटेपछि गोदाममा सिलबन्दी गरेको छ। ६ सय ५० मिलिलिटर र ३ सय ३० मिलिलिटरका बोतलमा रहेका करिब ६० लाख मूल्यपर्ने वियर नियन्त्रणमा लिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराईले बताए।

रात्रीकालीन रेष्टुरेन्ट व्यवसायमा यस किसिमका म्याद सकिएका उपभोग्य वस्तु कारोबार भएको हुन सक्ने सूचनाका आधारमा विभागका अधिकारीले छापा मारेका थिए। म्याद सकिएका बियर बिक्री गर्ने कम्पनीलाई कानुन अनुसार कारबाही गर्ने विभागले जनाएको छ।

प्रकाशित: ३ फाल्गुन २०७९ ०१:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App