११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

हवाई उड्डयनलाई सुरक्षित बनाउन माग गर्दै सर्वोच्चमा रिट

हवाई उड्डयन सुरक्षित तुल्याऊन पर्ने माग गर्दै सर्वोच्च अदालतमा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन दर्ता गराएका छन्।  

बारम्बार भएको हवाई दुर्घटनाले नेपालको नागरिक उड्डयन क्षेत्र असुरक्षित भएको भन्दै हवाई यातायात सुरक्षित बनाउनुपर्ने माग राखी  त्रिपाठीले रिट निवेदन दर्ता गराएका हुन्। उक्त रिटको सुनुवाइ २४ गते हुने उनले बताए।  

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदनमा विशेषज्ञ सम्मिलित उच्चस्तरिय समिती गठन गरी अहिलेको कानून, नियम र सुरक्षा मापदण्डको पुनरावलोकन गर्न आदेश हुनुपर्ने माग गरेका छन्।

साथै उनले आईकाओको मापदण्ड पालना भए नभएको अनुगमनका लागि स्थायी संयन्त्र निर्माण गर्न र हवाई दुर्घटनाको जाँचका लागि स्थायी संयन्त्र निर्माण गर्न माग गरेका छन्।

अनि सेवा प्रवाह गर्ने र निगमन गर्ने गरी नागरिक उड्डयन प्राधिकरणलाई व्यवस्थापन गरेर छुट्टाछुट्टै संयन्त्र बनाउन समेत रिट निवेदनमा माग गरिएको छ।

प्रकाशित: २० माघ २०७९ १२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App