२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सोलार फार्मको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

सोलार फार्मले कुमारी क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

फार्मले प्रति शेयर १०० रूपैयाँ अंकित दरको २० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणहरूका लागि निष्कासन गर्न बैंकलाई नियुक्त गरेको हो।

सोलार फार्मका तर्फबाट सञ्चालक समितीका अध्यक्ष आसबहादुर गुरुङ (मोहन) तथा कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सोलार फार्मको अधिकृत पुँजी ६५करोड रूपैयाँ, जारी पुँजी ६५ करोड रूपैयाँ, र चुक्ता पुँजी रु. ४५ करोड रूपैयाँ रहेको छ।

नेपालको पहिलो सोलरबाट विद्युत् उत्पादन गर्ने संस्थाको रूपमा सन् २०१७ मा स्थापित सोलार फार्मले ५ मेगावाट क्षमताको सोलारबाट बिद्युत् उत्पादन सन् २०२१ सेप्टेम्बर १४ देखि व्यावसायिक उत्पादन गरिरहेको जनाएको छ।

यो आयोजना नेपालको तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका वडा ५ बेलचौतारामा अवस्थित छ।

प्रकाशित: २ माघ २०७९ ०४:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App