१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंक र फ्लेक्स फिटनेस बीच समझदारी

सिटिजन्स बैंक र नख्खु ललितपुरस्थित फ्लेक्स फिटनेस सेन्टर बीच बैंकका कार्डबाहकलाई विशेष छुट दिने समझदारी-पत्रमा हस्ताक्षर भएको छ।

समझदारीपत्र अनुसार बैंकका कार्डबाहकले सो फिटनेस सेन्टरका विभिन्न सेवामा २० प्रतिशतसम्मको छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्नका लागि प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालन गर्दै आएको छ। यस्तै डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने जनाएको छ ।

प्रकाशित: २८ पुस २०७९ ०५:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App