१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः भोलि भव्य शुभारम्भ गरिँदै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्दैछन्। पोखरा महानगरपालिकाले पोखरेलीको विमानस्थल सपना पुरा भएको भन्दै विमानस्थल उद्घाटनका दिन आइतबार पोखरामा सार्वजनिक बिदा पनि दिएको छ। विमानस्थल उद्घाटन गर्न प्रधानमन्त्री दाहाल सहित अर्थमन्त्री विष्णु पौडेल र राजनीतिक दलका नेताहरु पोखरा आउने नेपाल नागरिक उड्ययन प्राधिकरणले बताएको छ।  

आइतबार अमरसिंहचोकदेखि विमानस्थलसम्म झाँकी सहितको ¥याली निकाल्ने तयारी रहेको पोखरा महानगरका मेयर धनराज आचार्यले बताए। पोखराको यो विमानस्थलको जग्गा अधिग्रहण गराएका तत्कालिन अञ्चलाधिश शंकरराज पाठकलाई त्यही अवसरमा अभिनन्दन गरिने पनि आचार्यले जानकारी दिए।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको झन्डै साढे सात दशकपछि गत जेठमा भैरहवामा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको थियो। दोश्रो विमानस्थल थपिएको नौ महिनापछि नेपालमा तेश्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि संचालनमा आउँदैछ। भोलिदेखि सबै आन्तरिक हवाई कम्पनिले अन्तर्राष्ट्रिय विमानस्थलबाटै स्वदेशभित्रका गन्तव्यमा उडान भर्दैछन्।  

प्रकाशित: १६ पुस २०७९ १०:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App