५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

पोखरा महोत्सव पुस अन्तिम साता

पुस तेश्रो सातादेखि हुने पोखरा महोत्सवबारे जानकारी गराउँदै आयोजक। तस्बिरः सन्देश÷नागरिक

पोखराको चर्चित पोखरा महोत्सव पुस अन्तिम सातादेखि हुने भएको छ। युनाईटेड क्लव पोखराको आयोजनामा वर्षेनी हुँदै आएको पोखरा महोत्सवको एघारौं संस्करण पुस २७ गतेदेखि माघ ९ गतेसम्म हुने भएको हो। पोखराको अमरसिंह चौरमा हुने महोत्सवको तयारी तिव्र पारिएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

शिक्षा, स्वास्थ्य, खेलकुद,  पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणको क्षेत्रमा कार्य गर्दै आइरहेको क्लवले स्थापना कालदेखि नै महोत्सव गर्दै आएको छ। महोत्सवको मुख्य उद्देश्य भनेको स्थानिय उत्पादनको प्रवद्र्धन गर्दै अर्थतन्त्र चलायमान बनाउनु रहेको आयोजकले जनाएको छ।

महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवम् बिक्री, हस्तकलाका सामानहरुको प्रदर्शनी एवम् बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवम् जानकारी, ब्यवसायीक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचयन एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती संगै कृषिका गतिविधीहरु सञ्चालन हुने जनाइएको छ।

 महोत्सवको आकर्षणको रुपमा राष्ट्रिय स्तरका कलाकारहरुद्धारा दोहोरी गीत प्रस्तुती, राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्याण्डहरुको लाइभ कन्सर्ट, हांस्यब्यङ्ग्य प्रस्तुती, नेपाली संस्कृति झल्कने प्रस्तुती, चमेना गृहको ब्यवस्था, बाल उद्यान, प्रदेश स्तरिय लोक दोहोरी गीत प्रतियोगिता, झांकी प्रतियोगिता लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहने महोत्सव संयोजक तथा क्लवका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए।

महोत्सवमा शौचालयको ब्यवस्था, निशुल्क वाइफाइको ब्यवस्था, अग्नि, चट्याङ, भुकम्प, हुरी बतास, हुलदंगालगायतको बिमाको ब्यवस्था, प्राथमिक स्वास्थ्य सेवा तथा एम्बुलेन्सको ब्यवस्था, पार्किङको उचित ब्यवस्था र प्रत्येक स्टललाई एक थान टेवल र दुई थान कुर्चीको ब्यवस्था गरिएको छ।

महोत्सवमा अपाङ्ग, बृद्धबृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार, सुरक्षा निकायका सुरक्षाकर्मीहरुलाई (पोषाक अनिवार्य), वनका कर्मचारीलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ। साथै पर्यटन प्रर्वद्धन, पर्यटकीय स्थानको जानकारी दिने स्टललाई निःशुल्क स्टल उपलब्ध गराइने प्रचारप्रसार संयोजक दीनेश सुनारले वताए। त्यस्तै कृषि तथा हस्तकलाका स्टलहरुलाई विशेष छुट प्रदान गरिने उनको भनाई छ।

१३ दिन सम्म सञ्चालन हुने महोत्सवमा २ सय ५८ स्टल रहने क्लवका महासचिव सुनारले बताए। उनका अनुसार महोत्सवका लागि सम्पूर्ण स्टलहरु बुकिङ भइसकेका छन्। महोत्सवमा २ देखी २ लाख ५० हजार दर्शक आउने अनुमान गरिएको छ।

महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउनेु, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउन महत्वपूर्ण भूमिका खेल्ने क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले बताए। त्यस्तै, अर्थतन्त्र चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पु¥याउने र उद्योगको प्रवद्र्धन गर्ने उनले बताए।

महोत्सवको आम्दानीबाट क्लवले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सामुदायिक विद्यालयहरुमा छात्रबृत्ति कोष स्थापना, दुरदराजका गाउहरुमा स्वास्थ्य शिविर लगायतका कार्यक्रम गर्दै आएको छ। क्लवले स्थापना कालदेखीनै उठाउँदै आएको खुल्ला चिडियाखाना अवधारणा अनुसार अहिले निर्माणको काम भईरहेको छ। क्लवले सो चिडियाखाना निर्माणका लागि ५८ लाख ८५ हजार रुपैया खर्च गरिसकेको क्लवका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए।

एघारौं पोखरा महोत्सवबाट चिडियाखानाको ठाउमा सेती नदी एक साहसिक पर्यटकीय गन्तब्य निर्माणका लागि केही रकम छुट्याइने अध्यक्ष श्रेष्ठले बताए। प्रत्येक महोत्सवमा प्रति टिकटबाट एक रुपैयाँ सेतीनदी संरक्षण अभियानलाई छुट्याइने गरेको श्रेष्ठले जानकारी दिए।

प्रकाशित: ६ पुस २०७९ १०:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App