३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

एआई शिक्षा अगाडि बढाउन सहमति

फ्युजमेसिन्स र काठमाडौं विश्व विद्यालयबीच नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् कृत्रिम बौद्धिकता शिक्षा प्रवर्द्धन गर्ने सम्बन्धमा एक सहमति पत्रमा हस्ताक्षर भएको छ।

यो सहमतिअन्तर्गत फ्युजमेसिन्सले विश्वविद्यालयको कम्युटर साइन्स र इन्जिनियरिङ विभागलाई पाठ्यक्रम विकास, तालिम परामर्शलगायत आन्तरिक तथा बाह्य प्रशिक्षणका विषयमा सहयोग गर्नेछ।

‘विश्वभरका व्यवसायले एआई शिक्षा हासिल गरेका जनशक्तिलाई रोजगारी दिन थालेको हुँदा यो क्षेत्रमा जनशक्तिको अभाव रहेको छ,’ विभागका प्रमुख समेत रहेको सहप्राध्यापक डा. बालकृष्ण बालेले सहमतिपत्र हस्ताक्षर कार्यक्रममा भने। उनले फ्युजमेसिन्ससँगको सहकार्यमा यो जनशक्तिको उत्पादन हुने बताए।

विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका डिन डा. मनिस पोख्रेलले सन् २०२१ देखि विश्वविद्यालयले एआई प्रोग्रामको शुरु गरेको र यो पढाइ स्नातक र स्तानकोत्तर तहमा भैरहेको बताए। उनले नयाँ सहमतिले वास्तविक दुनियामा आवश्यक पर्ने रोजगारी सुनिश्चित गर्ने जनशक्ति उत्पादन गर्ने विश्वास व्यक्त गरे।

फ्युजमेसिन्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. समिर मास्केले आफ्नो संस्थाले शुरुदेखि नै गुणस्तरीय एआई शिक्षा उपलब्ध गराउन सहयोग गर्दै आएको बताए। 

प्रकाशित: ९ मंसिर २०७९ ०४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App