२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

एनआरएनए एशिया क्षेत्रीय बैठक शुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औँ  एशिया क्षेत्रीय बैठक थाईल्याण्डको राजधानी बैककमा शनिबार देखि शुरु भएको छ।

मिलिनियम हिल्टन होटलमा आज देखि औपचारिक शुरुमा हुने सम्मेलनमा समृद्ध राष्ट्रको लागी नेपाली प्रवासीहरुको भूमिका,  महिला तथा युवा, नेपालमा लगानी, एनआरएनए नागरिकता लगायतका विषयमा छलफल हुने संघका अध्यक्ष डा. बद्री केसीले जानकारी दिएका छन्।

सम्मेलनमा थाईल्याण्ड, म्यानमार, सिंगापुरमा रहेका रैथानेहरुले उठाउदै आएको पिपल फर नेपाली ओरजिन (पिएनओ) को मान्यता पाउनु पर्ने मागलाई जोडतोडका साथ उठाउने तयारी यहाँस्थित नेपाली समुदायले गरेका छन्।

सम्मेलनमा भाग लिन नेपाल सरकारका तर्फबाट प्रमुख अतिथिको रुपमा  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय शेर बहादुर कुंवर बैंकक आइपुगेका छन्।

सम्मेलनमा बवशिष्ट अतिथिको रुपमा माननीय सांसद डा सूर्य पाठक, गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री माननीय मणी भद्र कंडेल शर्मा,  नेपाल उद्ययोग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, समावेशी आयोगका सदस्य पुष्पराज  तिमिल्सीना, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापा, राष्ट्रिय मुस्लिम आयोगकी सदस्य  मिर्जा अर्सद बेग, थाईल्याण्डका लागी नेपाली राजदुत  गणेश प्रसाद ढकाल, व्यवसायी राजेन्द्र खेतान  नेकपा (माओबादी केन्द्र)का केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख  ओम शर्मा, लगायत गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिती रहेको छ।

एसिया प्रशान्त क्षेत्रका बिभिन्न राष्ट्रिय समन्वय परिषदका प्रतिनिधीहरु, यूरोप, अमेरीका ओसियाना, अफ्रिका तथा मध्यपूर्व ३० देशहरुबाट समेत गरी करिब ३०० प्रतिनिधीहरुको सहभागिता रहेको एशिक्षा क्षेत्रीय संयोजक पारसमणी पोखरेलले जनाए।  

भाईचार अभिवृद्धि तथा पारस्परिक सहयोगलाई बढावा दिने सोचका साथ मिलापको अवधारणा अनुरुप यो भेला आयोजना गरिएको आयोजकले जनाएको छ।  सम्मेलनमा संघका अध्यक्षत्रय कुल आचार्य, रविना थापा, डा। बद्री केसी समेतको उपस्थिती रहेको छ। सम्मेलनमा संघका पूर्वअध्यक्ष भवन भट्ट बाहेक अरु कुनै पनि अध्यक्ष उपस्थित भएनन्।

सम्मेलनको दौरानमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विभिन्न मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रम, गजल तथा हांस्यव्यंग विधामा प्रस्तुती दिने तयारी गरेका छन्।

सम्मेलन बैंकक घोषणापत्र जारी गर्दै आइतबार सम्मन्न हुने छ।

प्रकाशित: ११ भाद्र २०७९ ०४:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App