३१ वैशाख २०८१ सोमबार
image/svg+xml
Khemraj Pokhrel
खेमराज पोखरेल


खेमराज पोखरेलका लेखहरु :

‘अक्षर रेखा’ मा अनु विज्ञातिको रेखीय परिधि

‘अक्षर रेखा’ अनु विज्ञातिको हाम्रो लघुकथा केन्द्रद्वारा २०८० सालमा प्रकाशित लघुकथासङ्ग्रह हो।

डा. मित्र पाठक ‘काँचुली’ को ‘हाकिमको देश’मा बरालिंदा

कथाकार डा. मित्र पाठक ‘काँचुली’को लघुकथासङ्ग्रह ‘हाकिमको देश’को विद्युतीय पाण्डुलिपि एक समय कम्प्युटरका भित्तामा पङ्ख फिजाएर बसेको थिएँ। कर्सरले सरसर्ती नियालेको थिएँ। ६२ थान लघुकथा बोकेको रहेछ।

‘हराएको सहर’ र ‘खास्टो’ मा ‘समित’को फड्को

‘खास्टो’ मा आइपुग्दा लघुकथाकार समित प्रस्तुतिमा भिन्नता, भीडमा फरक अनुहार, लेखनमा संयमितता, दायित्वबोध, शीर्षकमा नै लघुत्व र संक्षिप्तता जस्ता विशेषता बोकेर आएका छन्।

एक रखौटा

‘हुन्न भने जाऊ। म पनि यही संसारको बाटैकी एक्ली राधा हुँ। तिमी पनि बाटैमा भेटिएका कृष्ण त हौ। बाटाहरू त आउँछन्। जान्छन्।’ राधाले कुरा टुङ्ग्याइन्।

प्रज्ञाको ‘विषाणु ऋ’ उपन्यासमा धारावाहिकवाद

वास्तवमा मान्छेको जीवन धारावाहिक घटनाहरूले निर्मित भएको छ। ती घटनाहरू अलगअलग प्रकृतिका हुन्छन्। तर जीवन एक हुन्छ। त्यसैले उपन्यासमा वर्णित कथावस्तुका विविधता तथा व्यापकताबाट संक्षिप्तताको सिद्धान्त अर्थात् आगमन सिद्धान्तमा उद्धृत भएका छन्।

आचार्य प्रभाको ‘विधुर पुरुष’ भित्र एक नजरिया

वर्तमान नेपाली साहित्यिक वृत्तमा प्रधान भएर देखापरिरहेको नारीमाथि हुने शारीरिक, मानसिक तथा वैचारिक विभेदका बिचमा पुरुष मनोविज्ञान तथा समस्या देखाउनु कृतिको वैशिष्ट्य हो।

टीकाराम रेग्मीको ‘उज्यालोतिर’ माथि सूक्ष्म आलोकन

यो कृतिका बारेमा पाठक्यौली लेखिरहँदा म अनेकन सुरुङभित्रबाट गुज्रँदै छु। सीमाबाट घेरिएको छु। किनभने कृतिकार टीकाराम रेग्मी पढाइले, कर्मले, चिन्तनले, साधनाले शिक्षक हुन्।

त्रिपुरा खरेलकाे ‘पराकम्प’ को वृत्तमा विचरण

संयोगले एउटा कुनै दिन सामाजिक सञ्जालमा लघुकथाकार त्रिपुरा खरेलसँग भेट भयो। यो भेटको कार्यकारण लघुकथासँग सम्बन्धित थियो।

‘शुभांशु’ मा शुभका सन्देश सौन्दर्य

‘शुभांशु’ लघकथासंग्रहकी रचयिता शुभ शर्मा मेरा लागि भौतिक रूपमा भेटिएकी,चिनिएकी र जानिएकी स्रष्टा होइनन्। तर संयोग, सामाजिक सञ्जालले भने हामी दुवैलाई आफन्त हुने अवसर दिएको छ।

‘उमंग’ लघुकथासंग्रहभित्र कथ्यचित्र

पुस्तकमा विविध विशेषता छन्। विषयगत विविधता छन्। ग्राम्य परिवेशदेखि शहरी परिवेशसम्म लघुकथाकारको दृष्टि पुगेको छ। भाषामा सरलता छ। ग्राम्य भाषाको प्रयोगले कृति आलोकित भएको छ।

मधुसूदनप्रसाद घिमिरेको ‘छड्के’ मा छड्के नजर

कृतिमा कृतिकारको मेहनत, सोच चिन्तन, दृष्टिकोण हुन्छ। त्यो यो कृतिमा देखिएको छ। कृतिले लघुकथावृत्तमा संख्या मात्र थपेको छैन, समाज परिवर्तनको लक्ष्य पनि राखेको छ। समाजमा देखिने असङ्गत परिदृश्यप्रति चिन्तित छन् लघुकथाकार। यो कृतिको अनुभवले लघुकथाकारको प्रतिभा अभ्यासको गति झन् तीव्र हुन्छ भन्ने विश्वास लिएको छु। यदि यसो भयो भने कृतिकारको अर्को गुणवत्ता लघुकथाकृति पनि जन्मने छ। साधुवाद।

‘मनु ब्राजाकीका रोज्जा गजल’ मा विषय सौन्दर्य

वस्तुतः मनुका गजलहरू मनुको जीवनचिन्तन तथा उनले सरदर बाँचेको जिन्दगीको सुन्दर पुलिन्दा हो। उनका विचारहरूको अग्गेठ हो, जसले लामो समयसम्म नेपाली समाजको अन्धविश्वासलाई पोलिरहन्छ । चेतनाको विगुल फुकिरहन्छ। विद्रोहको पुल्ठो झोसिरहन्छ।

‘फिलिङ्गो’ मा सीमान्तीका सकस र सीमाहरू

उपन्यासकार प्रभा बराल मूल रूपमा सशक्त नियात्राकार हुन्। त्यसकारण यो उपन्यासभरि नियात्राको प्रभाव परेको छ। खास गरी सीमान्तीले यात्रा गरेका ठाउँमा उपन्यासको प्रस्तुतिले उपन्यास होइन, नियात्रा पढेजस्तो लाग्छ।

‘मनकली’ उपन्यासमा रुवाइहरू

वास्तवमा उपन्यास परम्परागत आदर्शवादी धारमा लेखिएको छ। परम्परावादी आदर्शमा लेखिएका हुनाले अग्रगम्य, विद्रोह, समानताका लागि संघर्ष हुने कुरा पनि भएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्