३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजाराम गौतम
राजाराम गौतम नागरिक न्यूजका डिजिटल एडिटर हुन्।

राजाराम गौतमका लेखहरु :

गोलीसँगै लडिरहेथ्यो कलंकी

वैशाख ७ । हरेक वर्ष क्यालेन्डरमा यो मिति देख्नासाथ म लोकतन्त्रका निम्ति नेपाली जनताले लडेको लडाइँ सम्झिन थाल्छु। साक्षी किनारामा उभिएर एक एक रेकर्ड राखेका ती दिन स्मृतिमा आउन थाल्छ। मनभरि कोलाहल, भागाभाग, गोली र टियर ग्याँस, जोस र जुलुस, नारा घन्किन थाल्छ।

होलेरीको हुटहुटी

त्यसो त रोल्पाका अरू गाउँ जस्तै आम्दानीको मुख्य स्रोत यहाँ पनि रेमिट्यान्स नै हो। हरेक घरबाट विदेश नजाने युवा भेटिन गाह्रै पर्छ, यहाँ पनि। तर, यहाँ कतिपय विदेशबाट फर्केर काम थाल्नेहरू पनि छन्। खासगरी पर्यटन, तरकारी, नगदेबाली प्रतिको आकर्षण बढ्न थालेकाे छ।

उपराष्ट्रपतिका पिता रामसुर भन्छन्- ‘माइलो छोराको डेरा कारागार जस्तै’

चैतको पहिलो हप्ता रोल्पाको राङ्सी भनभने पुग्दा यस्तै थियो दृश्य। थवाङ, मिरुल, कुरेली, इरिवाङ, चुनवाङ हुँदै फर्कँदै थिएँ। शहीद मार्गमै पर्ने चप्काबाट १५÷२० मिनेट उकालो चढेपछि राङ्सी भनभने पुगियो।  यो त्यहीँ ठाउँ हो, जहाँ उपराष्ट्रपति नन्दकिशोर पुन (पासाङ) का पिता रामसुर पुन अहिले पनि एक्लै बस्छन्। यी दुई घर कुरेर। एउटा घरमा आफैँ बस्छन्। सधैँजसो बन्द हुने अर्को घर उनै उपराष्ट्रपति पुनको हो।

गुलजार हुँदै घर्तीगाउँ

कमी–कमजोरी, असन्तुुष्टिका भाव रोल्पाका गाउँमा थुुप्रै सुुनिन्छ, तर सँगसँगै राज्यको मुुलधारबाट एक्लिएको यो ठाउँ विगतको तुुलनामा परिवर्तनउन्मुख हुँदै गरेको पनि प्रस्टै देखिन्छ ।

चुनवाङको चिन्ता

चुनवाङ बैठकले तय गरेको बाटो हिँडेर माओवादीका धेरै नेताले व्यक्तिगत अनि राजनीतिक जीवनमा ‘छलाङ’ नै मारे तर त्यही चुनवाङ भने उस्तै छ, उदास र विकासको प्रतिक्षारत।

मझधारमा थवाङ

माओवादी विद्रोहको उद्गम मानिन्छ, मध्यपश्चिमका जिल्लालाई। तीमध्ये पनि रोल्पालाई खास मानिन्छ। अझ रोल्पाको पनि थवाङलाई विद्रोहको विम्बकै रूपमा हेरिन्छ, बुुझिन्छ। किनभने, झण्डै सात दशकको राजनीतिक इतिहासमा यो बस्तीले राज्यसँग पटक–पटक ‘विद्रोह’ गरेको दृष्टान्त छ।

त्यो लिवाङ, यो लिवाङ

२०५७ पछि माओवादी द्वन्द्व झन् चर्कियो। युुद्धविराम, वार्ता, पुनः युद्ध अनि फेरि वार्ता यी शिलशिला २०६२ सम्म चले। यसबीच पटक–पटक लिवाङ र अरू गाउँहरू पुुगियो, द्वन्द्वकालीन रोल्पा हेर्न। डेढ दशकपछि फेरि पुगियो शान्तिकालीन रोल्पा हेर्न।  यो आलेख द्वन्द्वकालीन र शान्तिकालीन रोल्पाको तुलनामा केन्द्रित हुनेछ।

विप्लवले बाटो बिराए, केपीले नबिराउन

समकालीन राजनीतिमा प्रधानमन्त्री केपी शर्मा ओली एक जना ‘एसर्टिभ’ नेता हुन्। कुनै बखत गिरिजाप्रसाद कोइराला यस्तै थिए, राजनीतिको मियो। राजनीति

हितैषी नेतालाई श्रद्धासुमन !

एउटा पत्रकार र नेताबीच के सम्बन्ध हुन्छ ? पत्रकारका लागि नेता सूचनास्रोत हो भने पत्रकार त्यो सूचनाको संवाहक। दुई दशकभन्दा बढीदेखि पत्रकारितामा अभ्यास गर्दा पनि धेरै नेता मेरा लागि सूचनस्रोत मात्रै हुन्। तर औंलामै गन्न सकिने केही नेता छन्, जो मेरा लागि सूचनास्रोत मात्रै होइनन्। ती मेरा नजिकका मित्र हुन्। शुभचिन्तक हुन्। अनि म उनीहरूको।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्