८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
डुक्पा छिरिङ तामाङ


डुक्पा छिरिङ तामाङका लेखहरु :

साउन १ गतेबाट सुत्रमा आधारित लेखा प्रणाली थालनी गर्दै महानगर

काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि सञ्चित कोष व्यवस्थापन गर्न सब—नेशनल ट्रेजरी लेगुलाटोरी एप्लिकेसन (सुत्र) मा आधारित लेखा प्रणाली थालनी गर्ने भएको छ । साउन १ गतेबाटै प्रयोगमा ल्याउनु पर्ने भएकोले आजैदेखि सञ्चित कोष व्यवस्थापन प्रणाली सम्बन्धि अभिमुखीकरण थालिएको छ । यसमा बित्त बिभाग, आन्तरिक लेखा प्रणाली शाखाका अधिकारी, वडाका सचिव र लेखापाललाई ४ समूह बनाएर प्रयोगात्मक ज्ञान दिइनेछ ।

काठमाडौं महानगरपालिकाको आर्थिक विधेयक पारित

आर्थिक वर्ष २०७७/०७८ का लागि काठमार्डौं महानगरको आर्थिक विधेयक ७ औं नगर सभाको तेश्रो बैठकबाट आज पारित भएको छ । असार १० गते बसेको नगर सभाको दोश्रो बैठकमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले आर्थिक विधेयक र मेयर बिद्यासुन्दर शाक्यले बिनियोजन विधेयक प्रस्ताव गरेको थियो ।

फोहोरको डम्पिङ बन्दै शैलुङ

रामेछाप र दोलखाको सिमानामा पर्ने शैलुङ एक स्वार्गको टुक्रा हो । यसबाट गौरीशंकर हिमाल, विभिन्न हिमशृङलाहरू देख्न सकिन्छ । जसले गर्दा वार्षीक लाखौ पर्यटक यस ठाउँमा घुम्न आउँछ । शैलुङ पर्यटक स्थल मात्र नभएर एक धार्मिक स्थल पनि हो । सैलुङका प्राय थुम्कामा प्राकृतिक सौन्दर्य नै बिगार्ने गरी प्लास्टिक, पानीको बोतल, रक्सीको बोतलले भरिएको छ ।

रामेछापमा नमुना गाउँ बनाउँदै युवा

उनले भने, ‘तामाङ जातिको मौलिक संस्कृति झल्कने टुङ्ना र डम्फु पार्टी प्यालेस बनाइँदै छ । अब हामी यसलाई निरन्तरता दिँदै एक पर्यटकीय क्षेत्र बनाउनेछौं ।’ लकडाउनको बेलामा आफ्नो गाउँ आफैं बनाऊ भन्ने उद्देश्यले एक नमुना गाउँ बनाउन लागिएको उनले बताए ।

प्रभावकारी भएन सडक मानवमुक्त अभियान

काठमाडौं महानगरपालिकाले बेसहारा, अशक्त, असहाय, सहयोगापेक्षी सडक मानवमुक्त अभियानको सुरु गरेको थियो।

मापदण्डभित्रका होर्डिङ बोर्ड हटाएको व्यावसायीको गुनासो

महानगरपालिकाले चालु आर्थिक वर्षको पुस समान्तसम्म ठूलो सानो गरेको पाँच सय ५३ वटा विज्ञापनका बोर्ड हटाएको छ।

काष्ठमण्डप पुनर्निर्माणका लागि थप पाँच करोड सहयोग

२०७२ सालको भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले थप पाँच करोड रुपैयाँ सहयोग गरेको छ।

अझै व्यवस्थित भएन फुटपाट व्यापार

काठमाडौंमा फुटपाथ ढाकेर गर्ने व्यापार चलिरहेको छ । देशकै राजधानी मानिने मुख्य सडकमा रात्री कालिन फुटपाट व्यापरले गर्दा हिड्डुल गर्ने सर्वसाधरणलाई समेत सास्ती भोक्नु परेको आवस्थामा छ।

होडिङ बोर्ड हटाउन महानगर सक्रिय

काठमाडौँ महानगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउने उद्देश्यले उपत्यकाभित्र जाथाभावी राखिएको होडिङ बोर्डहरु हटाउन थालेको छ। गत पुस ९ गते गृहमन्त्रालयको निर्देशनपछि महानगरपालिकाले उपत्यकाका विभिन्न क्षेत्रमा राखिएको पर्चा, पम्प्लेट, बोर्ड, होर्डिङ बोर्ड हटाउन सुरु गरेको हो।

उद्धार गरिएका बेसहरा सडकमै फर्किए

पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले थालेको सहायागापेक्षी सडक मानवमुक्त अभियान कमजोर देखिएको छ।

काठमाडौंको फोहोर बरेडाँडामा राखिने

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको लागि बञ्चरेडाँडामा ल्याण्डफिलड साइट निमार्णको काम भइरहेको छ। सिस्डोलमा फोहरले भरिएपछि धादिङ र नुवाटोटको बञ्चरेडाँडमा अहिले ल्याण्डफिलड साइट निमार्ण भइरहेको हो।

बौद्धनाथ क्षेत्र ‘सडक मानवमुक्त’

काठमाडौं महानगरपालिकाले ‘सडक मानवमुक्त’ बनाउने घोषणा गरेसँगै अहिले यहाँका पर्यटक स्थाल तथा धार्मिक क्षेत्रमा मगन्ते हटाउन सुरु सञ्चालन भएको छ।

कालोपत्रे माग्दै स्थानीय र व्यापारी आन्दोलित

चाबहिल–चुच्चेपाटी सडकको कालोपत्रे तत्काल गर्नुपर्ने माग गर्दै स्थानीय र व्यापारीले आन्दोलन थालेका छन्। दुई वर्षअघि निर्माण सम्पन्न हुनुपर्ने सडक तोकिएको अवधिमा नसकिएपछि स्थानीय र व्यवसायीले बुधबार बिहान पसल बन्द गरेर आन्दोलन थालेका हुन्।

हिउँको बर्कोमा शैलुङ

रामेछाप र दोलखाको संगममा पर्छ पर्यटकीय क्षेत्र शैलुङ। तामाङ भाषामा लुङ्को अर्थ हुन्छ– थुम्को। त्यहाँ एक सय ८ थुम्का छन्। तर पनि जनबोलीमा त्यस ठाउँलाई शैलुङ भनिन्छ। प्रकृति, अध्यात्म र संस्कृतिको त्रिवेणीधाम मानिन्छ शैलुङ (३,१४८ मिटर)। त्यहाँबाट हिमालको मनोरम दृश्य देखिन्छ। डाँडामा भर्खरै चारतले भ्यू टावर बनाइएको छ। टावरबाट हेर्दा झन् राम्रो देखिन्छ।

शैलुङमा पाँच फिट हिउँ

रामेछाप र दोलखाको सगंमस्थल शैलुङमा पाँच फिट हिउँ जमेको छ। मंगलबार रातीदेखि लगातार हिउँ परेहेकाले त्यहाँको जनजीवन कष्टकर बनेको हाे। हिमपातले डाँडाकाडा सेताम्य भएका छन्। यो सिजनमा ३ पटक हिउँ परेकाले जनजिवन कष्टकर बन्दै भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्