२६ वैशाख २०८१ बुधबार
image/svg+xml
Aditya Shrestha
आदित्यमान श्रेष्ठ
आदित्यमान श्रेष्ठ

आदित्यमान श्रेष्ठका लेखहरु :

दलीय व्यवस्थामा निर्दलीय निर्वाचन

काँग्रेस र कम्युनिस्टबीचमा सधैँ एक मत हुनेछ भनेर मान्नु हाँस्यास्पद हो। यसबाट पनि मतभिन्नता र फुटको बाटो खुल्छ। यस मानेमा यो निर्वाचनले भएको व्यवस्थालाई नै ध्वस्त पार्ने बाटो लिएको देखिन्छ ।

असफलता नै असफलता

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले गठबन्धनमा अरू फाटो आएको छ। नेपाली कांग्रेसका प्रधानमन्त्रीले एमसिसी संसद्बाट तुरुन्त पास गराउन चाहन्छन्, चाहे त्यसको परिणाम जेहोस् या जस्तोसुकै होस्। प्रधानमन्त्री देउवाको पृष्ठभूमि हेर्दा लाग्छ, यसपालि पनि केही दुर्घटना नभई छाड्दैन।

दोहोरो मापदण्डमा दलहरू

नेपाली कांग्रेसका दुई महामन्त्रीले लिपुलेकमा भारतले सडक बनाइरहेको मुद्दामा विरोध गरेका छन्। तर उही दलका प्रधानमन्त्री र परराष्ट्र मन्त्री भने चूप छन्।

दलबीचको झगडा

शेखर कोइरालाले अध्यक्ष हारे, तर जितेको उम्मेदवारले जस्तो गरी कांग्रेस पार्टी रूपान्तरणमा लाग्ने उद्घोष गरे। एउटा जितेको उम्मेदवारले त्यसो भनेको भए पत्यार गर्ने ठाउँ हुन्थ्यो।

के नेपाल एउटा राज्य पनि हो?

शेरबहादुर देउवाको सरकार सर्वोच्च न्यायालयको फैसलाबाट आएको हो। जुन प्रधानन्यायाधीशले ल्याएको सरकार हो उनैलाई निकाल्न प्रयत्न गर्नु के कृतध्नताको काम भएन र?

स्वतन्त्र छैन सर्वोच्च न्यायालय

हालको संकट सर्वोच्च न्यायालयसित मात्र सम्बन्धित छैन। यो नेपालको संविधानसित सम्बन्धित छ।

किन छाड्न हुन्न चोलेन्द्रले?

एउटा प्राकृतिक न्यायअनुसार पनि के चोलेन्द्रशमशेरले आफूमाथि लागेको आरोपको सफाइ पनि दिन नपाउनु? यो कस्तो व्यवस्था हो?

विचरा हाम्रा नेता!

पैसा जम्मा नगरी कामै नचल्ने। मैले पैसा कमायो भनेर किन हल्ला गर्छन् मानिस? मैलेमात्र खाने हो र? सबैको पेट पाल्नुपरेन मैले?

यो भन्दा कति बिगारोस्

निर्दलीयतामा मतदान गर्न मिल्ने भएपछि कसले भन्न सक्छ यो संविधान दलीय हो भनेर ? यस्तो दोगला चरित्रको संविधान भएपछि यहाँ जे गरे पनि भएको छ।

वीर गोर्खाली, इमान्दार नेपाली

नेपालीले वीर गोर्खालीको नाम कमाइसकेका छन्। नेपाली संसारभर गोर्खालीको नामले पनि चिनिन्छन्। पृथ्वीनारायण शाहले काठमाडौँ खाल्डो कब्जा गरेपछि नयाँ राज्यलाई कहिले नेपाल र कहिले गोर्खाली भनिन्थ्यो। तर कालान्तरमा यस नयाँ राज्यलाई नेपाल नै भनेर नामांकन गरियो।

धन्यवाद फतिमा सुमारलाई

एमसिसीकी उपाध्यक्ष फतिमा सुमार चार दिने नेपालको भ्रमण गरेर फर्केकी छिन्। तिनी हाम्रो धन्यवादका पात्र बनेकी छिन्। तिनले नेपालमा आएर अरू कसैले गर्न नसकेको काम गरेर गएकी छिन्। फतिमा जस्तै नेपालमा अरू एकदुई जना आइदिए यो देशको ठूलो भलो हुने थियो।

नेपाल कस्तो राज्य हो?

१९५० को सन्धिमा एकअर्काका नागरिकलाई बेरोकटोक जान/आउने सुविधा दिनुपर्ने भनिएको छ। खुला सीमा भन्नु र बिनारोकटोक जान/आउने सुविधा दिनु भनेका भिन्नाभिन्नै कुरा हुन्।

अफगानिस्तानबाट सिक्ने पाठ

हाम्रा नेता प्रायः सबैजसो विदेशीका दलाल हुन् भनेको सुनिन्छ। उनीहरूले त्यही त्यही काम गर्छन् जुन विदेशीले अराउँछन्। अफगानी राष्ट्रपतिले हेलिकोप्टरभरि पैसा राखेर भागेको समाचार सुन्न आएको हो। कतै यस्तै त हेर्नुपर्ने होइन भनेर चस्का लागिरहन्छ।

कसैले त भनेको गरोस्

२०७८ वैशाखमा निवर्तमान प्रधानमन्त्रीले ‘चुनाव हुन्छ हुन्छ’ भनेका हुन्। ‘तपाईंहरू ढुक्क भएर बस्नुस्, चुनाव हुन्छ हुन्छ’ भनेर प्रधानमन्त्रीले कतिपटक भनेका थिए।त्यसपछि मंसिरमा ‘चुनाव हुन्छ हुन्छ’ भनेका थिए। त्यो पनि नहुने भयो।कसलाई भोट दिने कसलाई नदिने भनेर मनमा गुनेर बसिएको थियो। त्यो पनि भएन।

दलीय व्यवस्था विरोधी दलहरू

नेपालका एक युवक अनिल योगीले केपी शर्मा ओलीको सरकार ५ वर्षसम्म टिक्यो भने नेपालमै बस्दिन भनेर एउटा अन्तर्वार्तामा भनेका थिए। धत्र, उनले देश छाड्नुपरेन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्