२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

देश छ र तिमी छौ देश छैन केही छैन

गीत

सम्झना असफल

फगत एक्लो छ यो मन एक्लै जिउनुपर्छ,

फगत एक्लो छ यो तन एक्लै हिंड्नुपर्छ।

पानी सरी आँसु बगी जाने भयो

वियोगान्त कथा अधुरो नै रह्यो

फगत एक्लो छ यो मन...!

उषाले छर्छिन् लालीमा फगत एक्लो शिशिर याम

कोही छैन आफ्नो न छ बस्ने ठाम

फगत एक्लो छ यो मन एक्लै जिउनुपर्छ,

फगत एक्लो छ यो तन एक्लै हिंड्नुपर्छ।

 २) गीत

देश छ र तिमी छौ देश छैन केही छैन

उठ,जाग, मरिमेट देशकै खातिर युवा हो

देश छ र तिमी छौ...!

तराई दुख्दा हिमाललाई चोट लाग्छ भने

तेरो मेरो नभनेर हाम्रो भनी उठ

कैयौ जाती, भाषाभाषी कहिल्यै नफुट

देश छ र तिमी छौ...!

मेची हाँसू न वीरताको गौरवगाथा गाउँदै

काली अझै अघि बढोस् सदभाव फैलाउँदै

देश छ र तिमी छौ देश छैन केही छैन

उठ,जाग, मरिमेट देशकै खातिर युवा हो

देश छ र तिमी छौ...।

 ३) गीत

उठ दिदी हो उठ बैनी हो

महिला हत्या-हिंसालाई हटाउन हो

समतामूलक समाज नयाँ बसाउन

उठ दिदी हो...!

घरदैला,चुल्हाचौका नबनेर दासी

पुरुषले झै तिमीले जीवन बिताउनु छ हाँसी

नयाँ युगले युगीन नारी तिम्रै खोजी गर्छ

आफू हिंड्ने बाटो तिम्ले आफै खन्नुपर्छ

उठ दिदी हो...!

पारिजात जस्तै बन्नुपर्छ हामी

पासाङले झै धेरै साहस देखाई बनौ नामी

गाउँघरमा चेतनाको बिरुवा तिमी सार

अत्याचार र शोषणको आफै हुन्छ हार

उठ दिदी हो उठ बहिनी हो

महिला हत्या-हिंसालाई हटाउन हो

कालो दिलमा सेतो मन सटाउन हो

महिला-पुरुष बिचको दूरी घटाउन हो

समतामूलक समाज नयाँ बसाउन

उठ दिदी हो...।

४) गीत

मैले गल्ती गरेकी तिम्रै भुल हो

पिरतीको डुंगा छुट्यो नभेटिने भो  

मैले गल्ती...!

मेरो चाहनामा तिम्लाई वर्षौ सजाइदिएँ

छुट्टिएर बाँच्नुपर्दा आँसु पिई जिए

पर्खिएर बसिन् कि तिमी आएनौ

समयको पावन्दीलाई थाहै पाएनौ  

मैले गल्ती गरे कि...!

तिमी भन्थ्यौ मायाभन्दा भाग्य ठूलो हुन्छ

मलाई लाग्यो संयोगले सबै जाल बुन्छ

माया भन्ने मनका कुरा मनसँगै चल्छ

मर्दैमर्दै जिन्दगानी चलाउनुपर्छ

मैले गल्ती गरेकी....!

मनको घाउ ओखतीले निको हुँदैन 

आजकाल कुनै संगीतले मन छुदैन

मैले गल्ती गरे कि तिम्रै भुल हो

सँगै हुँदैन पिरतीको डुंगा छुट्यो नमेटिने भो

मैले गल्ती गरेकी...।

५) गीत

तिमीले मलाई नसोधी-नसोधी किन माया लायौ

एक्लैएक्लै बेहोसी भै किन कसम खायौ

तिमीले मलाई नसोधी ...!

कहाँ हुन्छ र सोछे झै सबै सधैं आफ्ना

जिन्दगीका अप्ठयारा ती किन फेरि धायौ

बुझ्नुपर्थ्यो तिमीले नि मैले केही भन्छु कि

एकोहोरो फाल हालेर आखिर धोका पायौ

तिमीले मलाई नसोधी...!

म त थिएँ आफै कैदी निरस जिन्दगीको

बन्दी हुन निरसताको किन तिमी आयौ

शिशिरमा पालुवाले कहाँ जीवन फेर्छ

नभेटिने प्रेयसीको किन गीत गायौ

तिमीले मलाई नसोधी-नसोधी किन माया लायौ?

एक्लैएक्लै बेहोसी भै किन कसम खायौं?

तिमीले मलाई...!

प्रकाशित: १६ कार्तिक २०७९ ०७:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App