२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

मनाइयो देवकोटा जन्मजयन्ती

दक्षिणकाली नगरपालिका वडा नं. २ नैखन्डीको कामधेनु माध्यमिक विद्यालयमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय चौधौं जन्मजयन्ती मनाइएको छ।

दक्षिणकाली नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा र विद्यालयको संयुक्त आयोजनामा कविता प्रतियोगिता गरेर महाकवि देवकोटाको जन्मजयन्ती मनाइएको थियो।

कार्यक्रममा दक्षिणकाली नगरपालिकाका अठार वटा माध्यमिक विद्यालयका विद्यार्थी उपस्थिति रहेको थियो। कविता प्रतियोगितामा खोकना जनमाविका हिमाल थापा प्रथम, कामधेनु माविका सिजन खड्का र अरुण पोखरेल द्वितीय/ तृतीय / र अरुणोदय माविका रिना तामाङले सान्त्वना पुरस्कार पाएका थिए।

विजयी प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका विद्यार्थीहरूलाई विद्यालयले क्रमश: ३ हजार, २ हजार, १ हजार र ५ सय रुपैयाँका साथै प्रतिविद्यार्थी १ हजार रुपैयाँ बराबरको साहित्यिक पुस्तक र पत्रिका पनि पुरस्कारको रूपमा प्रदान गरिएको थियो।

उक्त कविता प्रतियोगिताको निर्णाय साहित्यकार किशोर पहाडी, मुरारी सिग्देल र निशा केसी गरेका थिए।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खत्रीको अध्यक्षता, शिक्षा शाखा प्रमुख जनार्दन रिजालको विशिष्ट आतिथ्य र दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रममा नगर प्रमुख बस्नेतले विद्यालय स्तरमा हुने कार्यक्रमले विद्यार्थीहरूको पढाइमा सहयोग पुर्‍याउने बताए।

उक्त कार्यक्रममा रमेश बलामी, सुशान्त केसी, शशिराज अर्याल, प्रनिशा थापा, प्रिन्स देवकोटा, सन्तोष पौडेल, तुषार अधिकारी, विजय पौडेल, जनार्दन रिजाल, संगीता थापा, निशा केसी, मुरारी सिग्देल लगायतका स्रष्टाहरूले पनि कविता सुनाएका थिए।

कार्यक्रममा शिक्षक विजय खड्काले स्वागत मन्तव्य राखेका थिए भने शिक्षा प्रमुख रिजाल र सेतीदेवी माविका प्रधानाध्यापक रामकुमार बस्नेतले कार्यक्रमको औचित्यबारे बोलेका थिए।

विद्यालयका प्रधानाध्यापक सुरेन्द्र लामाको धन्यवाद ज्ञापनका साथ समापन भएको कार्यक्रम डा. शेखरकुमार श्रेष्ठले चलाएका थिए।

प्रकाशित: ६ कार्तिक २०७९ ०३:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App