१२ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

‘अर्को भोर’ लाई पद्मश्री साहित्य पुरस्कार

यस वर्षको पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको ‘अर्को भोर’ कथा सङ्ग्रहलाई प्रदान गरिएको छ। खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा उक्त पुरस्कार प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले ज्ञवालीलाई प्रदान गरेका हुन्।

त्यस्तै प्रतिष्ठानद्वारा पहिलो ‘पद्मश्री गौरव पुरस्कार’ वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई प्रदान गरिएको छ। त्यसैगरी यस वर्षको पद्मश्री साधना सम्मान ३० को दशकदेखि नेपाली आधुनिक कथाका क्षेत्रमा महङ्खवपूर्ण योगदान दिने कथाकार माया ठकुरीलाई प्रदान गरिएको छ।

विगतका वर्षदेखि नै प्रतिष्ठानले अन्य पुरस्कार दिँदै आएकामा यस वर्षदेखि ‘पद्मश्री गौरव पुरस्कार’ थप गरेको हो। समाजलाई गौरवपूर्ण योगदान दिने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई उक्त पुरस्कार प्रदान गर्ने गरिन्छ। लाखौँ मानिसलाई आँखाको ज्याति प्रदान गर्ने नेत्र चिकित्सक डा. रुइतलाई उक्त पुरस्कार अध्यक्ष लामिछानेले प्रदान गरे।

तीनै पुरस्कार राशी जनही रू तीन लाख रहेको छ।

प्रकाशित: २९ आश्विन २०७९ ०३:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App