२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘रैथानेका चाडबाड र खानपान’ विमोचन

खाद्यविद् नारायण घिमिरेको ‘रैथानै चाडबाड र खानपान’ पुस्तक सार्वजनिक भएको छ। शिखा बुक्सले यो पुस्तक बजारमा ल्याएको हो। पुस्तकमा घिमिरेले पृथ्वीमा भएका सबै कुराहरू कसरी एकआपसमा जोडिएका छन् भन्नेबारे उल्लेख गरेका छन्।

नेपाली परम्परागत खानाले कसरी शारीरिक, मानसिक, मनोवैज्ञानिक र आध्यात्मिक स्वास्थ्यको प्रवर्द्धनमा भूमिका खेल्दै मानिसमा सकारात्मक सोच तथा स्वस्थ र शालीन जीवनशैली निर्माण गर्न सकिन्छ भन्ने तथ्य पुस्तकमा उजागर गरिएको छ। पुस्तकमा परम्परागत नेपाली खानाका औषधीय र आध्यात्मिक फाइदाका बारेमा जानकारी समेटिएको छ। नेपाली चाडपर्वहरू जस्तै दसैं, तिहार, चैते दसैं, माघे सङ्क्रान्ति, विवाह, व्रतबन्ध, पूजाआजालगायतका समयमा प्रयोग गरिने खानपानको प्रभावलाई पुस्तकमा चर्चा गरिएको छ।

लेखक घिमिरे क्यानडामा कार्यरत खाद्य र औषधिविज्ञ हुन्। उनी दुई दशकभन्दा बढी समयदेखि खाद्य तथा औषधिको प्रयोगात्मक अनुसन्धानमा सक्रिय छन्।

प्रकाशित: २५ भाद्र २०७९ ०१:४९ शनिबार

अक्षर