२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

‘पाका मान्छेका कुरा’ लोकार्पण

जेष्ठ नागरिकबारे लेखिएको प्राडा मुकेशकुमार चालिसेको पुस्तक ‘पाका मान्छेका कुरा’ एक कार्यक्रम बीच वरिष्ठ पत्रकार भैरव रिसाल तथा कृष्णमुरारी गौतम लगायत दश पाका मान्छेले रसियन कल्चर सेन्टर काठमाडौंमा लोकार्पण गरियो।

पाका मान्छेहरूका बीच सम्पन्न उक्त कार्यक्रममा जेष्ठ नागरिक अथवा खारिएका मान्छेका विभिन्न पक्षको चित्रण गरिएको यस पुस्तकबारे एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतमले जेष्ठ नागरिक ऐन र त्यसले संरक्षण गरेको पक्षको तुलनात्मक व्याख्या गरे।

पाका मान्छेका कुराको पुस्तकका आन्तरिक पक्षको कुरा गर्दै पत्रकार तथा हास्यव्यंग्यकार नरनाथ लुइँटेलले कृतिमा जेष्ठ नागरिकका विभिन्न पक्षको सबल चित्रण गरिएको बताए।

जेष्ठ नागरिक आान्दोलनका अगुवा सिताराम ढकालको प्रसंग ल्याउँदै डिआइजी भीम ढकालले जेष्ठ नागरिकका हक र हितका लागि  गरिएका आन्दोलनको चर्चा गरे। बाआमाका सधैं राम्रोसँग हेरविचार गर्नुपर्ने विचार पोखे। आफ्ना हजुरबा र हजुरआमाको प्रेरणा र हेरविचारबाट कानुनको अध्ययन गरी अधिवक्ता बनेका प्रज्वलराज ज्ञवालीले हजुरआमाको जीवनवृत्त समेटी ‘नलिनी’पुस्तक लेखेको चर्चा गरे।

अग्रजका बारेमा मीठासपूर्ण कविता वाचन गर्दै वरिष्ठ कवि रमेश खकुरेलले वृद्धावस्थाको चर्चा गरे।

कृतिकार प्राडा मुकेशकुमार चालिसेले वृद्धका सबै पक्षका चित्रणका साथै आनीबानी र व्यवहार पुस्तकमा समेटिएको बताए।

पाका मान्छेका कुराले वृद्धाका हकहित र नागरिक अधिकारको संरक्षणको आवाज उठाएको र अस्पताल लगायत अन्य क्षेत्रमा जेष्ठ नागरिकको उपचार र संरक्षणमा काम गर्नुपर्ने कुरा बताए।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार तथा साहित्यकार भैरव रिसालले वृद्धावस्थाका समस्या र परिवारले गर्ने सहयोग र माया पाउन सरल बनिदिनुपर्ने उल्लखे गरे।

प्रकाशित: २३ भाद्र २०७९ ०३:३५ बिहीबार

अक्षर