२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

कस्तो नशा हो मायाको

गीत

१) तिमी मेरो मनमा  

तिमी मेरो मनमा... तिमी मेरो मुटुमा...

तिमी मेरो सुखमा...तिमी मेरो दुखमा।

कहाँकहाँ पो छैनौं, कहाँकहाँ पो छैनौं,

कहाँकहाँ पो छैनौं,कहाँकहाँ पो छैनौं प्रिय

जहाँ पुगेन घाम पुग्दैन जून कैले २

तिमीलाई (रोज्दैखोज्दै) खोज्दैखोज्दै त्यहाँ पुगें म पैल्हे

तिमी मेरो नजरमा तिमी मेरो अधरमा

चञ्चल तिमी पवनमा तिमी निलो गगनमा

कहाँकहाँ पो छैनौं कहाँकहाँ पो छैनौं

कहाँकहाँ पो छैनौं कहाँकहाँ पो छैनौं प्रिय

फूलको सुवास पैले फूल्छ्यौ तिमी नजरमा

फूलमा डुबेझैं मौरी छुन्छ्यौ तिमी अधरमा

तिमी रहर रहरमा तिमी हर प्रहरमा

तिमी मेरो शहरमा तिमी मेरो रहरमा

कहाँकहाँ पो छैनौं  कहाँकहाँ पो छैनौं

कहाँकहाँ पो छैनौं  कहाँकहाँ पो छैनौं प्रिय

आँखा थुनेर हेर्छु सारा अँध्यारो जैले

उज्यालो खोज्ने साथी तिमी नै हुन्छौ पैले

साथी तिमी अभरमा साथी तिमी बगरमा

साथी तिमी डगरमा साथी नयाँ शहरमा

कहाँकहाँ पो छैनौं  कहाँकहाँ पो छैनौं

कहाँ कहाँ पो छैनौं  कहाँ कहाँ पो छैनौं  प्रिय।

 

२) एकबार हैन प्रिय

एकबार हैन प्रिय हजार बार हारिदिएँ

तिमीले जित्छ्यौ भनेर

तर हार तिम्रो भयो हार मेरो पनि भयो

ताज लग्यो अर्कैले छिनेर

एक बार हैन प्रिय हजार बार हारिदिएँ

तिमीले जित्छ्यौ भनेर

हारौं अझै कसका लागि जित्नु पनि के छ र

जे थियो प्रिय कुरा लग्यो अर्कैले छिनेर

एकबार हैन प्रिय हजार बार हारिदिएँ

तिमीले जित्छ्यौ भनेर

तर हार तिम्रो भयो हार मेरो पनि भयो

ताज लग्यो अर्कैले छिनेर

छाती मिचेर हेर्छु खुसी जित्ने मान्छेहरूको

उदास तिम्रो मुहारले मार्छ जिउँदै डसेर

एकबार हैन प्रिय हजार बार हारिदिएँ

तिमीले जित्छ्यौ भनेर

तर हार तिम्रो भयो हार मेरो पनि भयो

ताज लग्यो अर्कैले छिनेर

निस्किएनन् तारा कुनै घाम डुबेको रातमा

गरौं कति प्रतिक्षा अँध्यारो दिनमा बसेर

एकबार हैन प्रिय हजार बार हारिदिएँ

तिमीले जित्छ्यौ भनेर

तर हार तिम्रो भयो हार मेरो पनि भयो

ताज लग्यो अर्कैले छिनेर।

 ३) के सुनाऊ तिमीलाई

के सुनाउ तिमीलाई के सुनाउ तिमीलाई

के सुनाउ तिमीलाई

सिसासरि चर्किएको मायाको खबर

छैन खुसी तिमीबिना...हाहाहा

छैन खुसी तिमीबिना...रत्तिभर, जीवन बन्यो सेती बगर

के सुनाउ तिमीलाई सिसासरि चर्किएको

जति आउँछन् मेघजस्तै गर्जिएर जान्छन्

आफू मात्रै गए हुन्थ्यो मुटु चुँडिलान्छन्

आहृत यो छातीभित्र पिरतीले रोप्यो जहर

छैन खुसी तिमीविना...रत्तिभर, जीवन बन्यो सेती बगर

के सुनाउ तिमीलाई, के सुनाउ तिमीलाई

के सुनाउ तिमीलाई सिसासरि चर्किएको मायाको खबर

यो शहरमा कुन रहर फुल्छ होला कहाँकहाँ

काँचको चुराजस्तै धुलो हुन्छ मन यहाँ

मुटुभित्र बस्नेले नै मुटु रेटिदिन्छन जहर

छैन खुसी तिमीविना रत्तिभर, जीवन बन्यो सेती बगर

के सुनाउ तिमीलाई के सुनाउ तिमीलाई

के सुनाउ तिमीलाई सिसासरि चर्किएको मायाको खबर।

  ४) मेरो मायालाई भार नठान

जिन्दगीको हार नमान

जिन्दगीको हार न...अँ... मान

काँडा बिझ्ने बोटमा नै फूल पनि फुल्छ

ऋतुराज आए मात्र गुराँस पनि फुल्छ...

औंसीको कालो आकाश पूर्णिमामा खुल्छ

अँध्यारोमै फुल्छन् तारा ...आआ...

अँध्यारोमै फुल्छन् तारा ... जून भए पनि

जून नभए पनि

मेरो मायालाई भार नठान...जिन्दगीको हार नमान

भाग्यलाई आफ्नै हातले लेख्न सकिन्न र

छातीभित्र व्यथा बोकी खुसी खोजिन्न र...

निलो आकाश उड्ने पक्षी कहाँ रोकिन्छ र ...

हिलोमा नै फुल्छ कमल...

हिलोमा नै फुल्छ कमल (जहाँ फुले पनि) 

जैले फूले पनि...

मेरो मायालाई भार नठान...जिन्दगीको हार नमान

बादल खस्यो आँखाबाट माया सम्झिएर

सुके आँसु शीत जस्तै दिल पग्लिएर...

बिते कयौं रात-दिन सधैं कल्पिएर

आउँछु भन्थ्यौ पर्खाएर...

आउँछु भन्थ्यौ पर्खाएर (रात बिती गई गो)साथ छुटी गई गो)

मेरो मायालाई हार नठान जिन्दगीको भार नमान।

५) कस्तो नशा हो मायाको

केटा: कस्तो नशा हो मायाको

कस्तो नशा हो पिरतीको

लाए पनि पछुतो नलाए पनि पछुतो

केटी: यो नशा हो मायाको यो नशा हो पिरतीको

केटा: जोसँग मैले प्रित गरें ऊ कहिल्यै आफ्नो भएन

जसलाई मैले घृणा गरें उसले सधैं पछ्याइरह्यो

कस्तो नशा हो मायाको

कस्तो नशा हो पिरतीको

केटी: यो नशा हो मायाको यो नशा हो पिरतीको ...

केटा: जसले मलाई माया गर्‍यो मैले कहिल्यै गरिन

पत्थरजस्तै खोपें मुटु अरुको माया रोप्न सकिन

कस्तो नशा हो मायाको

कस्तो नशा हो पिरतीको

केटी: यो नशा हो मायाको यो नशा हो पिरतीको।

प्रकाशित: १९ भाद्र २०७९ ०३:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App