२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

भूगोलको अठारौं कार्यक्रम सम्पन्न

‘भूगोल साहित्य समाज’ले अठारौं साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ। यही अवसरमा समाजले युवाकवि मोतीराम भट्ट र आदिकवि भानुभक्त आचार्य सम्झिंदै श्रद्धाञ्जली अर्पिएको छ।

‘भूगोल साहित्य समाज’ले आफ्नै कार्यालय दरबारमार्ग,काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विजयध्वज थापा, ओम आचार्य, वासुदेव ठकुरी, उत्तम विचार, मिसन अधिकारी, मुकुन्द पौडेल, भुवन सिवाकोटी, गीता निरौला भण्डारी, धरणीधर गुरागाई, दिनेशविक्रम थापा, एलपी पराजुली, कालीचरण बस्नेत, पद्मा सापकोटा, गोविन्द सिग्देल, वेद लावती, शैलेन्द्रकुमार शाह जस्ता स्रष्टाले कविता र मुक्तक वाचन गरेका थिए।

त्यसैगरी ममता मृदुलले लघुकथा वाचन तथा महेश रिजाल र राधेश्याम डंगोलले गीत गाएका थिए।

लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापा प्रमुख अतिथि रहेको कार्यक्रमका अतिथिहरूमा संस्थाका मानार्थ सदस्यद्वय टेकराज जोशी र उद्धव खनाल एवं नारी स्रष्टा समाज नेपाल,विराटनगरका अध्यक्ष ममता मृदुल रहेकी थिइन्।

समाजका अध्यक्ष विनोद नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव शैलेन्द्रकुमार शाह र आगन्तुक अतिथिहरूको स्वागत उपाध्यक्ष दिनेशविक्रम थापाले गरेका थिए।

तीन वर्षदेखि क्रियाशील भूगोल साहित्य समाज राष्ट्रिय वाणिज्य बैंकका निवृत्त कर्मचारीहरूको गठित साहित्यिक संस्था हो। यो समाजको अठारौं कार्यक्रम हो।

प्रकाशित: १९ भाद्र २०७९ ०३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App