१२ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

‘अर्को भोर’ लाई पद्मश्री साहित्य पुरस्कार

२०७८ सालको पद्मश्री साहित्य पुरस्कार केशवराज ज्ञवालीको कथासङ्ग्रह ‘अर्को भोर’ ले पाउने भएको छ। खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले ‘अर्को भोर’लाई पुरस्कार दिने निर्णय गरेको हो। प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले विहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै पुरस्कार घोषणाको जानकारी दिएका छन्।

प्रतिष्ठानले जारी गरेको विज्ञप्ति अनुसार नेपाली आधुनिक कथाका क्षेत्रमा योगदान पुर्‍याएकी माया ठकुरीलाई पद्मश्री साधना सम्मान दिइने भएको छ भने नेत्र चिकित्सक डा. सन्दुक रुइतले पद्मश्री गौरव पुरस्कार पाउने भएका छन्। तीनवटै सम्मान तथा पुरस्कारको राशी ३ लाख रूपैयाँ रहेको छ। 

प्रकाशित: १८ भाद्र २०७९ ०२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App