२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

हलेसीका हलेसेहरू

कविता

सोनाम सज्जन किराती

त्यहीं कुम्ल्याएर

थुपार्नेहरू छन्

त्यहीं जाँडले मातेर

गल्लीभरि सुत्नेहरू छन्

दिनभर बजार लुट्यो

र रातभर

म त समाजसेवी पो

भन्नेहरू पनि भेटिन्छन्

यस्तै-यस्तै

अनेकौं

कथा घटना देखिरहेछन्

भक्तिम्पा र भक्तिम्माले

अझ दोहोरिंदैछ

हलेसीले पाएको

एक इतिहास हुन्

भक्तिम्मा-भक्तिम्पा

शैक्षिक जगतमा

हलेसीले शिक्षासेवी घोषणा किन गर्दैन?

उनले दिएको जग्गामा

क्याम्पस उभिएको छ

उनले दिएको जग्गाले धेरैलाई

रोजगार दिलाएको छ

उति मात्र हो र

त्यहीं क्याम्पस पढ्नेहरू

आज कोई उद्योगपति छन्

युरोप कोरियामा जागिर गर्छन्

अनि त्यसरी जग्गा दिलाएबापत

भक्तिम्पा र भक्तिम्माले

के पाए त?

उनको जग्गाको कारण

शिक्षा ज्योति उम्रेको छ

उनको जग्गाको कारण

उच्च शिक्षा फैलिरहेछ

घर नजिकै पढेर

छोरो जागिर खान्छ

तर,भक्तिम्मा र भक्तिम्पालाई चिन्दैन

अभिभावक

यही हो हलेसीले सिकेको सम्मान

वा जाँड खाँदै लड्खडिएको

वा जाँड किनेर खुवाउनेहरूलाई

मात्रै गर्न सिकेको हो सम्मान

हलेसीलाई प्रश्न छ

हलेसीका हलेसेहरू

जतिसुकै मै हुँ भन

अन्तत: निस्वार्थ

१३ रोपनी जग्गादाता

भक्तिम्पा-भक्तिम्मा

नगर शिक्षा रजतले सम्मान गर

थुप्रै भक्तिम्पा भक्तिम्मा समाजमा भेटिने छ।

प्रकाशित: १२ भाद्र २०७९ ०४:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App