३१ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’

साहित्य सन्ध्याले नेपाली साहित्यमा विशिष्ट योगदान गर्ने स्रष्टालाई ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरेको छ।

कवि तथा सामाजिक रूपान्तरण अभियानकी अभियन्ता रेखा सुवेदीलाई १५ हजार नगद राशिका साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ प्रदान गरिएको छ।

त्यसैगरी सामाजिक रूपान्तरण अभियानका अभियन्ता नारायणप्रसाद भण्डारीलाई १० हजार नगद राशिको ‘साहित्य सन्ध्या-कृष्णप्रसाद-बालकुमारी पुरस्कार तथा सम्मान’, निशा रोका मगरलाई १० हजार नगद राशिको ‘साहित्य सन्ध्या-मन पुरस्कार तथा सम्मान’, कवि डम्बर पहाडीलाई २,५००।-नगद राशिको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’, साहित्यकार विन्दु अधिकारी ढकाललाई रु.२,५००।-राशिको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ र नियात्राकार डा.फणीन्द्रराज निरौलालाई १० हजार नगद राशिको ‘साहित्य सन्ध्या-हरिप्रिया-हरिप्रसाद चापागाई नियात्रा पुरस्कार तथा सम्मान’ ले सम्मान गरिएको छ।

कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ पत्रकार भैरव रिसाल, प्राज्ञ शान्ता मानवी, नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव प्राज्ञ प्राध्यापक जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’, वरिष्ठ साहित्यकार प्राडा जिवेन्द्रदेव गिरी, काव्य विभागप्रमुख प्राज्ञ प्राडा हेमनाथ पौडेल, अन्वेषक कवि अनिल पौडेल, लेखिका सुलोचना मानन्धर लगायतको उपस्थिति रहेको थियो।

प्राडा कृष्णप्रसाद घिमिरेले स्वागत मन्तव्य दिएका कार्यक्रम वरिष्ठ साहित्यकार राम विनयको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रम साहित्यकार रमेश पोखरेलले सञ्चालन गरेका थिए।

प्रकाशित: ६ भाद्र २०७९ ०६:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App