२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

लघुकथाकार अगीव बनेपाली सम्मानित

२०७८ सालको ‘धनमान लघुकथा सम्मान’ लघुकथाकार अगीव बनेपाली प्रदान गरिएको छ।

चौधौं लघुकथा दिवसको अवसरमा भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रममा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति केके कर्माचार्यले बनेपालीलाई सम्मान गरेका हुन्। दाता धनमान श्रेष्ठले सम्मानपत्रका साथका १५ हजार रुपैयाँ प्रदान गरेका थिए।

सो अवसरमा ‘धनमान श्रेष्ठः व्यक्ति एक आयाम अनेक’ पुस्तकको अन्तरक्रिया समेत गरिएको थियो।

समालोचक प्राडा कुमारप्रसाद कोइरालाले पुस्तकको समीक्षात्मक टिप्पणी गर्दै पुस्तकले धनमानका अमूर्त पाटाहरू देखाएको बताए। उनले धनमान राम्रो कथाकार मात्र नभई साहित्यिक उन्नयनका सारथि पनि भएको बताए।

अर्का समीक्षक कृष्णेश्वरी हाडाले धनमानका विभिन्न क्षेत्रको योगदानको चर्चा गरिन्।

कुलपति कर्माचार्यले लघुकथा विधा आफूलाई मनपर्ने बताउँदै लघुकथा समाजले गरेको कार्यको चर्चा गरे।

कार्यक्रममा प्राडा लक्ष्मणप्रसाद गौतम, मधिकर्मी, श्रीओम श्रेष्ठ रोदन, अगीव बनेपाली लगायतले बोलेका थिए।

आज भदौ ५ गते लघुकथा समाज नेपालले चौधौं लघुकथा दिवस मनाउँदै छ। सातै प्रदेशमा समाजका स्थानीय समितिहरूले दिवस मनाउँदै छन्।    

प्रकाशित: ५ भाद्र २०७९ ०७:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App