२० असार २०८१ बिहीबार
image/svg+xml
कला

तिमीबिना बाँच्दिन भन्दै टाढिने कला राम्रो लाग्यो

मुक्तक

माया उपाध्याय

  १) मुक्तक

फूलहरू समान हुँदा बगंैचामा दुखी हुने छैनन्,

बच्छ भने मेरो देशको सिमाना दुखी हुने छैनन्।

हाँसीहाँसी गर्धन थाप्छु बार लगाउनुहोस् शिर काटेर,

आनन्दले मुस्कुराउँछिन् मेरी आमा दुखी हुने छैनन्।

 २) मुक्तक

षड्यन्त्र रचेर आउँछन् मन भत्काएर जान्छन्,

जीवनभर रुवाउँछन् मन भत्काएर जान्छन्।

विश्वासघाती हुन्छन् कलियुगका शकुनीहरू,

झुटो आशा देखाउँछन् मन भत्काएर जान्छन्।

  ३) मुक्तक

खुसी छु हजुरले लिएको फैसला राम्रो लाग्यो,

निरन्तर चलिरहेका सबै शृङ्खला राम्रो लाग्यो।

दुरुस्तै गर्नुभयो अभिनय श्रीमानको भूमिकामा,

तिमीबिना बाँच्दिन भन्दै टाढिने कला राम्रो लाग्यो।

 ४) मुक्तक

नागेर सिमाना गरेर भूल टिप्छन् कि अरूले,

चिन्ता लाग्छ बिलकुल टिप्छन् कि अरूले।

मलजल गर्छ कसले जोगाउँछ कसले प्यारा,

फूलबारीमा फूलेको फूल टिप्छन् कि अरूले।

  ५) मुक्तक

सँगै राख्नुस् जिम्मा लिनुस् अब के नै बाँकी रह्यो,

साथमै रहन्छु नआत्तिनुस् अब के नै बाँकी रह्यो।

आफ्नो घोषित गरिदिनुहोस् समाजको अगाडि,

खाली सिउँदो रंगाइदिनुस् अब के नै बाँकी रह्यो।

प्रकाशित: १९ श्रावण २०७९ ०४:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App