१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

प्रेम

लघुकथा

सुरेन गुरुङ

तल्लो घरकी साइँली पारि दोभानको साइँलासित मागी विवाह गरेकी। उनी दुई लगनगाँठोमा बाँधिएको पनि टक्क दश वर्ष पुगेछ।

सुन्दर दुई छोरा र छोरीका धनी। मध्यम वर्गीय परिवार। दुःखै गरेर भए पनि छोराछोरीलाई राम्रै शिक्षादिक्षा दिइरहेछन्।

छोराछोरी पनि ‘हुने विरुवाको चिल्लो पात’ भनेझैं पढाइमा अब्बल छन्। साइँलासाइँलीका सानो परिवार सुखी परिवार। साइँली घर गृहणी, साइँला सानो जागिरे।

कहिलेकाहीं साइँलासाइँली एक आपसमा खुसुखुसु गर्छन्, ‘हामी विहे गरेको पनि बाह वर्ष भइसकेछ नि! नानीहरू पनि हाम्रो काँधसम्म बराबर भएछन्। अहिले जस्तो लाग्छ विहे गरेको! उमेरले पनि चालिस वसन्त पार गरिसकेछ। समयले हामीलाई कहा पर्खन्छ र! समय त आफ्नै गतिमा चल्ने हो। पत्तै नपाई यतिका दिनहरू बितेछ नि!’

साइँली मुसुमुसु मुस्काउँदै एकै सासमा बोल्दै च्याप्प साइँलालाई ‘हग’ गर्छिन्।

तल सिमलको रुखको हाँगामा जुरेली जोडी एक आपसमा ‘चुचमा चुच’ मिलाएर खानेकुरा खाँदै हुन्छन्।

धनसिहं बाजे भने आँगनमा घाम ताप्दै साइँलासाइँली र जुरेली जोडीका प्रेमिल दृश्य हेरिरहेका हुन्छन्। उनी मनमनै भन्छ, ‘वाह, प्रेम भनेको यस्तो पो हुनुपर्छ!’ 

प्रकाशित: १६ श्रावण २०७९ ०५:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App