१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

घुम्ती कविगोष्ठीमा ‘देशको चित्र’ विमोचन

घुम्ती कविगोष्ठी नेपालको ११६ औं शृंखला कपन बहुमुखी कलेजमा सम्पन्न भएको छ। सोही कार्यक्रममा घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष रामकुमार पण्डित क्षेत्रीको लघुकथासंग्रह ‘देशको चित्र’ विमोचन भएको थियो।

कपन बहुमुखी कलेजका सञ्चालक समितिका अध्यक्ष कुमार ओझाको अध्यक्षता र लघुकथा समाज नेपालका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदन प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो।

त्यसैगरी विशिष्ट अतिथि तथा अतिथिहरूमा डा. विदुर चालिसे, मित्रलाल पंज्ञानी, प्रभात दीक्षित, ममता मृदुल, डा. शेखरकुमार श्रेष्ठ, कणाद महर्षि, दुर्गा अधिकारी भमरकोटे, ढुण्डीराज मरासिनी, विनोद दहाल वत्स, तिलकप्रसाद लुइँटेल, पवनकुमार बुढाथोकी, थरेन्द्र बराल, बालचन्द्र प्रवाह, कपन बहुमुखी क्याम्पसका प्राचार्य भूमिदत्त पौडैल, बुनपा वडा नं. १२ का वडाध्यक्ष शम्भु भट्टराई थिए।

केही कविता वाचनपछि ‘देशको चित्र’ लघुकथासंग्रह विमोचन भएको थियो। डा. शेखरकुमार श्रेष्ठले विमोचित कृतिको रूप, गुण, लेखन प्रवृत्ति, पात्रविधान र कथाकौशलबारे चर्चा गरेका थिए।

त्यसैगरी प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदनले वाचित कविता र विमोचित कृतिबारे बताउँदै  भारतमा एक जना साहित्यकारलाई १२ ओटा संस्थाले १२ विभिन्न विशिष्ट उपाधिले सम्मान गरेको उदाहरण दिंदै साहित्यिक संस्थाले कुनै पनि साहित्यकारलाई अनावश्यक उपाधि दिएर सम्मान गर्नु गलत प्रवृत्ति भएको बताए।

डा. विदुर चालिसे, कणाद महर्षि, बालचन्द्र प्रवाह, ममता मृदुल, मित्रलाल पंज्ञानी, प्रभात दीक्षितले विमोचित कृतिका सर्जकलाई बधाई दिंदै रचना वाचेका थिए।

घुम्तीका पूर्व अध्यक्ष रामचन्द्र दाहालले स्वागत मन्तव्यका साथमा आफ्नो रचना  वाचन गरेका  थिए। रचना वाचन गर्ने अन्य सर्जकहरूमा सुशील आचार्य, थरेन्द्र बराल, घनश्याम प्रसाई, डोरबहादुर केसी, विद्याराम श्रेष्ठ, मुना भट्टराई, अनु खड्का, माधवलाल श्रेष्ठ, दुर्गा अधिकारी भमरकोटे, तिलकप्रसाद लुइँटेल, दुण्डीराज मरासिनी, विनोद दाहाल वत्स, कात्यायन, त्रिलोचन आचार्य, सीता अधिकारी, बालचन्द्र प्रवाह, डा. विदुर चालिसे, ओमप्रसाद कोइराला, पवनकुमार बुढाथोकी,गौतम पंज्ञानी, थरेन्द्र बराल, यामबहादुर कुँवर, रामचन्द्र दाहाल आदि रहेका थिए।

त्यसैगरी बाललेखक वेदान्त पंज्ञानी र विप्सन पंज्ञानीले बालपत्रिका ‘झुल्का’ का कविता वाचेका थिए। माधवलाल श्रेष्ठको संयोजनमा सम्पन्न कार्यक्रमको सञ्चालन परशुराम पराशरले गरेका थिए।

प्रकाशित: १५ श्रावण २०७९ ०६:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App