१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

अचम्म

लघुकथा

नारायण कोइराला

खेतमा पुग्दा धान सुक्दै थियो। फुटिरहेको खेतले इन्द्र देउतालाई पानीका लागि पुकार गरेको महसुस गरे। म पनि महादेवलाई ‘महादेव, पानी देऊ’ भन्दै चिच्याएँ।

चिच्याउँदै गर्दा नेताजीको कार आइपुग्यो।

खेत र मैले मानसम्मान दिएनौं। न त कुनै अनुरोध गर्यौ। म आफ्नो बाटो लागें। कार आफ्नो गन्तव्यतिर।

न त इन्द्र देउताले खेतको पुकार सुने न त महादेवले मेरो। तैपनि खेतमा पानी थियो।

- भएन त गजब! नेताजीले खेतको पुकार र मेरो आवाज नबोली सुनेछन्।

-अचम्म,खेतमा बोरिङ पो छ त!

प्रकाशित: १३ श्रावण २०७९ ०९:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App