२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

साहित्यकार अधिकारीलाई बिदाई तथा दीक्षितलाई स्वागत

नारी स्रष्टा समाजले स्रष्टा साँझ अमेरिका अध्यक्ष प्रभात दीक्षितलाई स्वागत तथा सदस्य विश्वराज अधिकारीलाई बिदाई गरेको छ।

स्रष्टाद्वय दीक्षित र अधिकारी अमेरिकामा बसेर जुममार्फतबाट विभिन्न कृतिको अन्तरक्रिया र छलफल गराई ‘स्रष्टा साँझ अमेरिका’ कार्यक्रममार्फत नेपाली स्रष्टालाई संसारभरि चिनाउने काम गरिरहेका छन्।

स्रष्टा साँझ अमेरिका अध्यक्ष दीक्षितले उपन्यास, सदस्य अधिकारीले लघुकथा र स्रष्टा साँझ अमेरिकाका नेपालका कार्यक्रम संयोजक पवन बुढाथोकीले कविता विधाको सहजीकरण गर्दै आएका छन्।

स्वागत तथा बिदाई कार्यक्रममा स्रष्टा साँझ अमेरिकाका अध्यक्ष दीक्षितले विभिन्न ठाउँमा बसेका नेपाली साहित्यकारहरूलाई एकताको सूत्रमा बाँध्दै  नेपाली साहित्यको समृद्धिका लागि साँझको स्थापना गरेको बताए।

उक्त कार्यक्रममा विश्वराज अधिकारीले नेपाल छाडेको धेरै वर्षपछि पनि फर्किएर नेपालमै बस्न मन लाग्नेको बताए।

नारी स्रष्टा समाज प्रदेश १ का अध्यक्ष ममता मृदुलको संयोजनमा सम्पन्न कार्यक्रममा साहित्यकार लोचन रिजाल, कथाकार निर्मला मुरारी, मुक्तककार सानू शर्मा,  श्रीराम राई, पद्मकन्या कलेजका निरज पन्त आदिको उपस्थिति रहेको थियो।

प्रकाशित: ६ श्रावण २०७९ ०४:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App