६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

टुबोर्ग ओपन र जेसन डेरुलोबीच सांगीतिक सहकार्य

विश्वचर्चित कलाकार जेसन डेरुलो र डेनिस बियर ब्रान्ड टुबोर्गले सहकार्य गरी सांगीतिक अभियान चलाउँदै आएका छन्। जसमा संसारभरका उदीयमान संगीत कलाकारलाई डेरुलोसँग सांगीतिक सहकार्य गर्ने सुवर्ण अवसर दिइएको छ।

परियोजनाले टुबोर्ग ओपन अभियानको छैटौं वर्ष मनाउँदै छ। नयाँ कलाकारहरूका लागि उक्त अवसर लस एन्जलसमा भएको थियो, जहाँ हस्ताक्षर नगरिएका कलाकारले स्टुडियोमा जेसनसँग प्रत्यक्ष रूपमा संगीत प्रदर्शन, उत्पादन, लेखन र उद्योगमा सफल हुन आवश्यक विषयमा छलफल गरेका थिए। कार्यक्रममा प्रत्येक कलाकारले लस एन्जलसको सबैभन्दा प्रतिष्ठित सांगीतिक स्थलमध्ये एक ‘द विल्टर्न थिएटर’मा जेसन डेरुलोसामु प्रस्तुति दिने मौका पाएका थिए।

सो अभियानमा आफ्नो सहकार्यबारे बोल्दै डेरुलोले भने, ‘संगीत उद्योगमा सफल हुने मन्त्र भएको कुनै प्ले–बुक छैन, त्यसैले यदि तपाईं एक संगीतकार बन्न चाहनुहु्न्छ भने तपाई लगभग आफ्नै भरमा हुनुपर्छ। तर, यी अनुभवबाट गुज्रिएको कोही तपाईंको साथमा हुनाले ठूलो फरक पार्न सक्छ। यो अभियानबारे मलाई मन पर्ने कुरा यही नै हो।’ उनले त्यस्तो मार्गदर्शन पाएको भए आफूले जीवनमा धेरै कम ठक्कर खाने बताए। उनले भने, ‘त्यसैले म यी प्रतिभाशाली कलाकारहरूको यात्राको हिस्सा बन्न पाउँदा कृतज्ञ छु।’

टुबोर्ग ओपन प्रोजेक्टमा भिइके नेपाल, डे एमसी भारत, सोख्रुल्लो अब्दुल्लाह उज्वेकिस्तान, हल्को टर्की, इवा लोरेन्स सर्बिया र स्टोपोस्टो बोस्नियाका उदीयमान कलाकार सहभागी छन्। यी कलाकारले आगामी महिनाहरूमा टुबोर्गमार्फत सहयोग प्राप्त गरी जेसनसामु प्रदर्शन गरेका ट्र्याकहरूको उत्पादन र विकास गर्नेछन्।

२०१७ को सुरुवातदेखि टुबोर्ग ओपनले द चेन स्मोकर्स, मेजर लेजर, क्लिन ब्यान्डिट, डिप्लो र मोजस्ता विश्वव्यापी कलाकारसँग सहकार्य गरी संसारभरका दर्शकलाई जोड्ने काम गरेको छ। गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर आशिष विष्ट भन्छन्, ‘निकै लामो समयदेखि टुबोर्ग संगीतसँग जोडिँदै आएको छ। टुबोर्गले नेपाली सांगीतिक जगत्को उत्थानका लागि काम गर्दै आएको छ। टुबोर्ग ओपन–२०२२ अभियान सोही उद्देश्यको पहल हो, जहाँ हामीले नेपालका उदीयमान कलाकारलाई उनीहरूको प्रतिभा प्रदर्शन गर्न प्लेटफर्म प्रदान गरेका छौं।’

प्रकाशित: २८ असार २०७९ ०३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App