१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

मनको कलम

लघुकथा

अनुग्रह राना मगर ‘पुष्प’

‘किन झोक्रिएर बसेको?’टेबुलमाथि टक्क बसेको कलमदानीमा भएको कलमले मनको कलमलाई हेर्दै भन्यो।

‘उठ,केही लेख। तिमीभित्र निकै गहकिला सुनझैं महँगो र हिरामोतीका दानाझैं टल्किरहने कुराहरू लुकेको छ। त्यसलाई पानीको फोहोराझै कापीको पानामा सजाऊ। जसले तिमीलाई मात्र होइन, अरूलाई पनि शान्ति दिन्छ।’

ऊ झसंग भयो।

मरुभूमिझैं पल्टिरहेको सेतो कागजको पानालाई हेर्‍यो।

‘आऊ लेख’ भनिरहेको भान भयो।

फेरि भन्न थाल्यो, ‘उठाऊ हात समाऊ र कोर देशको वीरगाथा, खन्याऊ शान्तिको आनन्दित पानी। आनन्दको छालहरूमा संगीतको मिठास धुनहरू बर्साऊ। जुन सुनेर आनन्दित लेऊ न्। मनको तलाउबाट मनको मिठो महका रसहरू निकाल।

रंगीचंगी फुलबारीमा डुलाऊ। खोज  जिन्दगीको अमूल्य औषधि। जसले सयौं वर्षका बिरामीहरू निको हुनेछन्। ती मिठा शब्दहरूमा रमाई लडिबुडी गरी शान्तिमा जीवन जिउनेछन्। वैशाखीमा हिंड्नेहरूले आनन्दको साहराको महसुस गर्नेछन्। टुहुराहरूले बुवाआमा पाएको अनुभूति गर्नेछन्।

शक्तिविहीनहरूले शक्ति पाएको अनुभव गर्नेछन्। बिरानो भएर एक्लो जीवन बिताउनेहरूलाई साथी पाएको अनुभव गर्नेछन्। जसको कारण उसको मनमा सधैं तिमी रहनेछौ। उसको जिब्रोमा तिम्रो नाम जपिनेछन्। हरेक मनमस्तिष्क मुटुको धड्कन, रक्त शिरा नलीहरूमा तिम्रै चर्चापरिचर्चाका शब्दहरू नाच्नेछन्। तिमी मरेर गए पनि तिम्रो नाम अमर रहनेछ, संसारभरि मनको कलम भनेर।

प्रकाशित: २७ असार २०७९ ०६:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App