२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

चाकडी

कविता

रमेशचन्द्र अधिकारी

घडीका प्रत्येक अंकहरू चाहन्छन्

काँटाहरू आफ्नै वरपर घुमून्।

राखेर जाऊन् हरेक पटक

आफ्नै शिरमाथि हात,

समय आफ्नै नाममा आओस्,

र दिएर जाओस्

आफ्नै नाममा उपहार।

सधैं काँटाहरूकै अघिपछि देखिन्छन्

घडीका अंकहरू।

प्रकाशित: २७ असार २०७९ ०५:२४ सोमबार

अक्षर