१२ असार २०८१ बुधबार
image/svg+xml
कला

‘प्यारो नेपाल’ खण्डकाव्य विमोचन

साहित्यकार रेणुका पन्थीको ‘प्यारो नेपाल’ खण्डकाव्य विमोचन भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ डा.देवी नेपाल, समालोचक प्राडा रामप्रसाद ज्ञवाली र वाल्मीकि विद्यापीठका प्राचार्य प्राडा भागवत ढकालले उक्त खण्डकाव्यको संयुक्त रूपमा शनिबार विमोचन गरेका हुन्।

डा.नेपालले सो कृतिले देशका सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक सबै खाले विषयभित्र देखिने आशानिराशा, उतारचढाव, आलस्य–उत्साह आदि सबैप्रतिको कवि दृष्टिले यो काव्य भावनात्मक मात्र नभई स्पष्ट वैचारिक दृष्टिकोण प्रस्तुत गरेको बताए।

डा.ज्ञवालीले देश निर्माणका लागि चेतना निर्माणमा कृति महत्त्वपूर्ण हुने बताए। गुल्मीमा रहेर शिक्षण पेसा र समाज सेवामा संलग्न पन्थीले गीत, कथा र निबन्धमा पनि कलम चलाएकी छन्।

प्रकाशित: १९ असार २०७९ ०५:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App