२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

‘आर्तनाद’ उपन्यासको लोकार्पण

साहित्यिक पत्रकार संघले थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा उपन्यासकार रन्जना पराजुली लम्सालको उपन्यास ‘आर्तनाद’को लोकार्पण समारोहको आयोजना गर्‍यो।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दिनेशराज पन्तले सो कृतिको लोकार्पण गरे।

लोकार्पित उपन्यास‘आर्तनाद’बारे उपन्यास समाज नेपालका अध्यक्ष वरिष्ठ आख्यानकार शंकर भारती  र समालोचक लीला लुइटेलले आआफ्नो मन्तव्य राखेका थिए।

सोही कार्यक्रममा साहित्यकारहरू बाबुराम पौडेल, डा. दामोदर पुडासैनी, ललिता दोषी, उपन्यासकार रन्जना पराजुली लम्साल, प्रमुख अतिथि प्राज्ञ दिनेशराज पन्त र अध्यक्ष राधेश्याम लेकाली लगायतले आआफ्नो मन्तव्य राखेका थिए।

कार्यक्रम साहित्यकार राजबाबु श्रेष्ठले चलाएका थिए।

प्रकाशित: १३ असार २०७९ ०३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App