२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

कवि वास्तोलाको 'भोका सपनाहरु' लोकार्पित

नेपाली कविता साहित्यकाशमा कवि होमशंकर वास्तोलाको 'भोका सपनाहरु' लोकार्पित भएको छ। कपन साहित्य समाजको आयोजनामा शनिबार विहान लोकार्पित भएको हो।

नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव जगत प्रेक्षित र काव्यविभाग प्रमुख हेमनाथ पौडेल, बूढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले सो कविता संग्रह लोर्कापण गरेका थिए।  

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रेक्षितले कवि वास्तोलाका कविताले वर्तमान समयलाई प्रतिनिधित्व गरेको बताएका थिए। उनले कवि र कविता दुवै सरल भएकाले पाठकलाई बुझ्न सहज हुने बताएका थिए।

कपन साहित्य समाजका संस्थापक अध्यक्ष एवं वर्तमान मेयर अधिकारीले कविको कविताले नेपाली साहित्यमा योगदान पुग्ने बताएका थिए। त्यसैगरी सहप्राध्यपक एवं साहित्यकार आरएम डंगोलले नेपाली साहित्यमा पूर्वैली लवजसहितका कविताले नेपाली साहित्यमा छुट्टै पहिचान बोकेको बताएका थिए। उनले समाजको प्रगतिशील रुपान्तरणको लागि कविका कविता वैचारिक रुपले सबल रहेको समेत बताए।

त्यसैगरी कौशीकी साहित्य प्रतिष्ठानका अध्यक्ष चेतनाथ धमलाले वास्तोलाका कविताले जीवनको सुन्दरता र कलाको वैशिष्ट्यतालाई हार्दिकतापूर्वक पस्केको बताए। कार्यक्रममा नेपाली साहित्य र कपन साहित्य समाजको बारेमा कवि एवं बूढानीलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामाले पनि आफ्ना धारणा राखेकी थिइन्।

कार्यक्रममा कपन साहित्य समाजका संस्थापक अध्यक्ष अधिकारीलाई सम्मान पनि गरिएको थियो।

प्रकाशित: २८ जेष्ठ २०७९ ०८:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App