साहित्यकार भवानी भिक्षुको ११३ औँ जन्म जयन्ती उनकै गृह जिल्ला कपिलवस्तुमा बिविध कार्यक्रम गरी मनाइएको छ।
नव कपिलवस्तु साहित्यिक समाज लगायतकासंस्थाले तौलिहवामा बिभिन्न कार्यक्रम गरेका थिए । मधेस समुदायका भए पनि उनले मदन र साझा पुरस्कार जितेका थिए। 'सदरमुकाम तौलिहवा स्थित भिक्षु टोलमा रहेको भवानी प्रसाद गुप्ता ‘ भवनी भिक्षु ’ को शालीकमा साहित्यकारहरुले माल्याणर्पण गर्दै भिक्षुको जीवनी र उनको लेखका कृत्रिहरुका बारे चर्चा गरिएको थियो।
कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरले मधेसी भएर पनि नेपाली साहित्यमा उत्कृष्ठ भिक्षुले अतुलनीय योगदान दिएको बताए। ‘ भिक्षुले लखेका कृत्तिहरु अझै पनि जीवन्त रहेका छन्, उनले भने ’ नेपाली साहित्यमा ठुलो गुन लगाउनु भएको छ। आगत,अवान्तर, मैया साहेव, पाइप नम्बर १ र २ लगायतका कृति, कबिता, निबन्ध, लेख लखेका उनले पात्रको मनोदशाको चित्रण, मनोविज्ञान लगातका बिषय झल्काउथे।
कार्यक्रममा समाजका अध्यक्ष पशुपतिमणि त्रिपाठी, बरिष्ठ साहित्यकार हरिराज शर्मा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमानद बज्राचार्य तौलिहवा उद्योग बाणिज्य संघका महासचिव अर्जुन चापागाई साहित्यकार सकुन्तला ज्ञवालीपौडेलले सात्यिकार भवानी भिक्षुले नेपाली साहित्यको विकासमा अतुलनीय योगदान दिएका बताए।
साहित्यकार भवानी भिक्षु स्मृति पुरस्कार कबियत्री पौडेललाई
नव कपिललस्तु साहित्यिक समाजले प्रदान गर्ने साहित्यकार भवानी भिक्षु स्मृति पुरस्कार कपिलवस्तुको तौलिहवाकी कबियत्रि सकुन्ताल ज्ञवाली पौडेललाई दिने निर्णय गरिएको छ। बिगत बर्षहरुमा लुम्बिनी अंचलका साहित्यकारलाई दिदै आएकोमा यस बर्ष देखि कपिलस्तुकै साहित्यकारलाई दिने निर्णय गरिएको बरिष्ठ साहित्यकार हरिराज शर्माले बताए।
कम्तीमा ३ वटा कृत्रि प्रकाशित गरेका साहित्यकारलाई भवानी भिक्षु स्मृति पुरस्कार दिने मापदण्ड बनाइएको छ। साहित्यकार पौडेलले ‘ भावना ’ पूवाह ’ कबिता संग्रह र संघर्ष ’ नामक कथा संग्रह प्रकाशित गरेकी छिन। ११ हजार १११ रुपैया राशी सहित ताम्रपत्रमा लेखिएको प्रशंसा पत्रले पौडेलाई जेठ २३ गते सोमवार आनन्दबाग स्थित राधाकृष्ण मन्दिरमा भव्य कार्यक्रमका बिच पुरस्कृत गरिने नव साहित्यिक समाजका अध्यक्ष पशुपतिमणि त्रिपाठीले बताए।
प्रकाशित: २१ जेष्ठ २०७९ ०६:४९ शनिबार