२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

हेमन्तकला थुलुङ राई स्मृति गन्थ्रको लोकार्पण

लेखक तथा थुलुङभाषाविद् हेमन्तकला राई थुलुङ राईको सम्झनामा छापिएको ‘हेमन्तकला थुलुङ’ राई स्मृति ग्रन्थको लोकार्पण भएको छ।

किरात राई यायोक्खाको सुम्निमा हल कोटेश्वरमा बम थुलुङ स्मृति फाउन्डेसनको आयोजनामा कोभिडको कारण निधन भएकी थुलुङको वार्षिक पुण्य तिथिको अवसरमा प्राडा ध्यानेन्द्र राईले स्मृति ग्रन्थको लोकार्पण गरेका हुन्।

कोभिडको कारण अल्पायुमै मृत्युवरण गरेकी थुलुङका श्रीमानका साथमा ५ बर्से छोरा छन्।

समालोचक डा. धनप्रसाद सुवेदीले  श्रमिकले स्मृति गन्थ्र हाम्रो पुस्ताले खेपेको महामारीको इतिहास भएको बताए। शोकको बिचमा ल्याएको पुस्तकमा महामारीको तीव्र पीडा छ। पुस्तकले महामारीको कारण  आफन्तले गुमाएको  सबैलाई सम्झना दिलाउँछ। पुस्तक वेदनाको सुन्दर भण्डार मात्रै होइन, सोलुखम्बू, खोटाङ, भोजपुर र काठमाडौ विभिन्न सन्दर्भ आएकाले आञ्चलिक उपन्यास शैलीमा रहेको  छ।

समालोचक तथा कवि पुरण राईले निश्चित सीमामा रहेर पुस्तक सम्पादन गरेको बताए। हामीले निश्चित सीमामा रहेर पुस्तक सम्पादन गयौ। सम्पादनको क्रममा कोभिडले आफन्त गुमाउनेहरू सम्झेर म पटकपटक स्तब्ध भएको छु।

राईले छोडेर जानेहरू शब्द र सम्झना बाँचिरहने प्रसंग औल्याउँदै ‘मुन्धुमले देखाएको बाटो’ शीर्षकको कविता वाचेका थिए।

प्राडा नारायणप्रसाद गड्तौलाले हेमन्तकलाले थोरै समयमा धेरै काम गरेको बताए। संसारमा आउने सधैं कोही बाँच्दैनौ तर, उल्लेखीय कामको माध्यमबाट बाँच्न सकिन्छ। हेमन्तकला  भाषा,कला र साहित्यको माध्यमबाट अगाडि बढ्दै गरेकी जुझार र सक्रिय  प्रतिभा हुन्।

दिदी पूजा थुलुङले बहिनी हेमन्तले जीवन साथीको रूपमा भूमिका निर्वाह गरेकी बताइन्। उनले जस्तोसुकै असहज अवस्थामा जीवन साथीको भूमिका निर्वाह गरिन्। उनले भावुक हुँदै भनिन्, ‘मैले उनको सल्लाह र सुझावबिना केही गर्दिन थिएँ। तर, उनको सुझावबिनै यो किताब ल्याएका छौ। कोभिड महामारीले दिएका पीडा खेप्ने हामी कति छौ। पीडा भोग्नेलाई मात्रै थाहा हुने रहेछ।

कार्यक्रममा केशव थुलुङ, जसिहव थुलुङ पाँचवीर थुलुङ र आङबाबु राईले शोक मन्तव्य दिएका थिए।

पाँचवीर थुलुङ र घना थुलुङले (पुज्जा) छापेको पुस्तकको सम्पादन डा. सुकराज राई, खुक्सुङ खम्बु र पुरण राईले गरेका हुन्। कृतिमा संस्मरण, हस्तलिखित दस्तावेज, उनका तस्वीर र विभिन्न लेखका गीत, गजल र कविता रहेका छन्।

प्रकाशित: २० जेष्ठ २०७९ ०३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App