चिरञ्जीवी ढकाल
आकाशमै उडे नि,माटो नभुल्नु होला।
पुगी सगरमाथा, बाटो नभुल्नु होला।
कुर्सी अनौठो हुन्छ, बस्नु होस पुर्याई,
भुलेर नि हिजोको,पाटो नभुल्लु होला।
नभुल्नु गाउँघर, महल पसेपछि,
सिकेर पिजा खान,आटो नभुल्नु होला।
घाउ पुरिए पनि,निशानी मेटिंदैन,
गरीबीको घाउको,खाटो नभुल्नु होला।
जन्ताले सुम्पेको छ,देशको जिम्मेवारी,
सिमाको रगतको, टाटो नभुल्नु होला।
प्रकाशित: १४ वैशाख २०७९ ०७:४२ बुधबार