२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

सपना

लघुकथा

अरुण नदी खत्री

कोभिडको कारण सरकारले लकडाउन गरेको थियो तैपनि किशोर एकाबिहानै साइकल लिएर रत्नपार्कतिर गयो। रत्नपार्कमा पुगेपछि प्रहरीले सोध्यो, ‘लकडाउनको बेला तपाई किन बाहिर निस्किनुभएको नि? साइकल लिएर कहाँ जान लाग्नुभयो?’

‘म साइकल लिएर संकटा मन्दिरको दर्शन गर्न जान लागेको हुँ।’ किशोरले भन्यो।

‘लकडाउनको समयमा यसरी साइकल लिएर हिंड्न पाइँदैन भन्ने कुरा थाहा छैन तपाईँलाई?’ प्रहरीले भन्यो।

‘म हिंडेको कहाँ छु र साइकल चलाएर जाँदै पो छु त।’ किशोरले जवाफ दियो।

‘तपाई जहाँबाट आउनुभएको हो त्यहीं फर्कनुस्। साइकल चलाएर पनि कतै जान पाइँदैन।’ प्रहरी अलि कडा भयो।

‘आज राति सुतेको बेला मैले संकटा मन्दिरमा गएर भगवानलाई ढोगेको सपना देखेको थिएँ। सपना पूरा गर्न म संकटा मन्दिर जान लागेको हुँ। मन्दिरमा पुगेर भगवानको दर्शन गर्नासाथ म आफ्नो घर फर्कन्छु।’ किशोरले भन्यो।

‘अर्को दिन फेरि तपाईले गाडी चलाएको सपना देख्नुभयो भने नि! लकडाउनको समयमा गाडी चलाएर कतै जान सक्नुहुन्छ नि!’ प्रहरीले भने।

प्रकाशित: १४ वैशाख २०७९ ०२:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App