२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

विजय आचार्यका बालकृतिहरूको अध्ययन विमोचन

प्यूठान  साहित्य परिषद् प्यूठानको नवौं अधिवेशनको अवसरमा ‘विजय आचार्यका बालकृतिहरूको अध्ययन’ विमोचन गरिएको छ।

प्यूठानको विजुवारमा नवराज आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति  चयन गर्दै नवौं अधिवेशन सम्पन्न भएको थियो। सोही अवसरमा वरिष्ठ समालोचक प्रमोद प्रधानद्वारा लिखित ‘विजयराज आचार्यका बालकृतिहरूको अध्ययन’ समालोचना ग्रन्थको विजयराज आचार्यका बालसखाहरू प्यूठान नगरपालिकाका उपमेयर शान्ता आचार्य र दाङवाङ माध्यमिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद आचार्य सहित नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य प्राडा गोपीन्द्र पौडेल, प्यूठान नगरपालिकाका मेयर अशोक्कुमार कक्षपति  लगायतले विमोचन गरेका थिए।

समालोचक प्रमोद प्रधानको यो बालसाहित्य समालोचनाको छैटौं कृति हो। सो कृतिको समीक्षा गर्दै लेखक टोपाराम आचार्यले कृति अत्यन्त महत्वपूर्ण भएको बताए।

कार्यक्रममा प्यूठानबाट राष्ट्रिय रूपमा योगदान पुर्‍याउने नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य प्राडा गोपिन्द्र पौडेल, साहित्यकार पद्मप्रसाद शर्मा र भूपेन्द्र सुवेदीलाई सम्मान पनि गरिएको थियो।

कार्यक्रममा प्राडा पौडेलले प्यूठानको नेपाली साहित्यमा विशिष्ट योगदान भएको बताए। उनले साहित्य परिषद् मार्फत रू. १ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरे।

बालसाहित्यकार विजयराज आचार्यले प्यूठानले विशिष्ट धेरै लेखक जन्माएको बताउँदै सबै प्यूठानी साहित्यकार सहभागी हुनेगरी बृहत् साहित्य सम्मेलनको आयोजनाको आवश्यकता औंल्याए।

साहित्य परिषद् प्यूठानका अध्यक्ष गेहराज थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमोद प्रधान, युवराज भण्डारी र विमला खनालले कविता वाचेका थिए। सो अवसरमा नारायण पाण्डेको ‘आरोग्य दर्पण’ पुस्तकको समेत विमोचन गरिएको थियो।

प्रकाशित: १२ वैशाख २०७९ ०२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App