२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

बाँच्न साह्रो छ ढक राख्नुपर्छ शरीरमा

मुक्तक

विवेक दुलाल क्षेत्री

     १) मुक्तक

तुइन हटाउनुभन्दा भ्यूटावर ठूलो,

अस्पताल बनाउनुभन्दा भ्यूटावर ठूलो।

नेता मक्ख, भोक रोगले आक्रन्त जनता,

मलम लगाउनुभन्दा भ्यूटावर ठूलो।

   २) मुक्तक

खाली पेट नै बसोस् कुरा हुन्छ नोटको,

जति नि सम्पन्न होस् कुरा हुन्छ चोटको।

र सदियौं बिर्सेर फेरि स्वाङ रचेर आउँछन्,

चुनाव जिती केही नगर्न कुरा हुन्छ भोटको।

   ३) मुक्तक

दया नदेखाउने विधाता के हुन्छ,

यहाँभन्दा धेरै घाटा के हुन्छ।

बाँच्न साह्रो छ ढक राख्नुपर्छ शरीरमा,

दुनियाँ जोक ठान्छ अरू निराशा के हुन्छ।

   ४) मुक्तक

शहरले हरेक गाउँ बलात्कार गरिरहेछ,

योजनाले बञ्जर ठाउँ बलात्कार गरिरहेछ।

कति दुर्गिन्धत छ हर्कत सिलसिला हजुर,

मान्छेले आफ्नै नाउँ बलात्कार गरिरहेछ।

    ५) मुक्तक

रोकेर रोकिंदैन सफलता कोसिस हो,

गम्भीरता बेगर लेख्य कोरा  सिफारिस हो।

ऐन हेरेर जस्ले जे भनोस् के फरक पर्छ र,

सञ्जालमा हर व्यक्ति एक न्यायाधीश हो।

प्रकाशित: २४ चैत्र २०७८ ०३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App