२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

सम्मान

लघुकथा

पुष्प शायरा

आमाको आँखैअघि चोर औंला ठड्याएर गफ गरे तिनले। यस्तो त देख्नै परेको थिएन।

कति पनि सरम नभएका रहेछन्। कति पनि मन परेन। आफ्नो आँखा टल्पलायो तर केही बोल्न सकिन।

मैले त आमालाई लाटी सम्झेको थिएँ र केही कुरा सुनाउँदिन थिएँ।

हैन आमा त बाठी मात्र हैन भलाद्मी पो हुनु हुँदोरहेछ।

उनलाई हेरेर केही थाहै नपाएजस्तो गरिदिनुभयो। घटना घट्न सक्थ्यो त्यो दिन।

फेरि आँखा झुकाइन् तर।

दुःख त तिनलाई नै भयो नि, हैन र?

धन्न आमा!

सधैं जस्तो आमाको कुरा सुनाएर दिक्क पारिरहन्थिन् श्रीमती।

आज उनको बोल्ने पालो थियो।

असी पुग्न लाग्नुभएकी मेरी आमालाई कुन सम्मानले राखेको छु भन्ने तिनलाई के थाहा?

अहिलेसम्म बोल्नै परेको थिएन आमाले। बुवाकै नजिक रहनुहुन्थ्यो। सबै कुरा बुवाकै सुन्नुपथ्र्याे।

अब त आमालाई नै सबै ठाने मैले। मेरो सल्लाहकार नै आमा।

आमा भइदिए मात्र पनि खुशी मिल्ने रहेछ। कति शान्ति मिल्ने रहेछ। व्यवहार नै सजिलो हुने रहेछ। जे भने पनि आमाले बोलेकै राम्रो।

सबै कुरा सुनिरहेकी उनले अनि त शिर झुकाइन्।

उनी भन्दै थिए, ‘खुट्टा दुखेर हिँड्न गारो हुन्छ। कहिले के, कहिले के भइरहन्छ। एकपटक राम्रो ठाउँमा लगेर जँचाउने मन छ मेरी आमालाई।

प्रकाशित: ११ चैत्र २०७८ ०७:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App