२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

अनि पो नेता भइन्छ

व्यंग्य कविता

चिरञ्जीवी ढकाल

हातमा नांगो तरबार लिएर सडकमा

मान्छेहरूलाई प्रहरीको अगाडि लगार्नुपर्छ

कसैको हात छिनाइदिनुपर्छ

कसैकसैको गर्धन छप्काइदिनुपर्छ

अनि पो नेता भइन्छ।

गाँजा,भाङ धतुरो खाई रमाउनुपर्छ

अरूका चेलीबेटी जबर्जस्ती ...

कोरेस, ब्राउन सुगर, चरेस पोको पारेर

खण्हरमा सधैं अड्डा जमाउनुपर्छ  

अनि पो नेता भइन्छ।

सडकका पार्किङहरू कब्जा गर्नुपर्छ

क्यासिनोको कमिसनमा मजा गर्नुपर्छ

विवाह गरेकी श्रीमतीलाई नराम्री मानी

बजारमा चाहार्नुपर्छ राम्रा छानीछानी  

अनि पो नेता भइन्छ।

बुझाउन जानेको टेन्डर तानी दिनुपर्छ

मन परेको ठेकेदारको पेशा धानिदिनुपर्छ

प्रशासकलाई घरको ठेगाना थाहा छ भन

भ्रष्टाचारी र ठेकेदारले दिएको कमिसन गन

अनि पो नेता भइन्छ।

उसको गाउँको घरको हालत बुझेकै छौ

हजुर भनेर उसैलाई तिमीले पुजेकै छौ

उसले कति पढ्या थियो र हेर त

तत्काल तिमीले पनि बाटो फेर त

अनि पो नेता भइन्छ।

प्रकाशित: १४ फाल्गुन २०७८ ०७:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App