२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

लघुकथा समाजद्वारा पौडेल र भण्डारीलाई सम्मान

लघुकथा समाज नेपालले बर्सेनि प्रदान गर्दै आएको दुई सम्मानको घोषणा गरेको छ।

समाजको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले ‘सावित्री–केशर कथा सम्मान–२०७८’ ३० को दशकदेखि कथा लेखनमा क्रियाशील कथाकार मधुवन पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ। सो सम्मानका साथ २१ हजार रुपैयाँ नगद राशि प्रदान गरिने पनि जनाइएको छ।

समाजले ‘बाटुली–खिलध्वज लघुकथा सम्मान–२०७८’ लघुकथा लेखनमा लामो समयदेखि सक्रिय लघुकथाकार हरिप्रसाद भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको छ। उक्त सम्मानका साथ पनि नगद राशि २१ हजार रुपैयाँ प्रदान गरिने समाजले जनाएको छ।

कथाकार पौडेल ३० को दशकदेखि साहित्य लेखनमा सक्रिय छन्। उनका ‘नलिनी भाउजू’, ‘म र मेरो परिवेश’, ‘चपाएको दन्त्यकथा’, ‘बाँच्नुको विवशता’लगायत कथासंग्रह प्रकाशित छन्।

लघुकथाकार भण्डारीका तीनवटा लघुकथा संग्रह प्रकाशित छन्। उनका लघुकथा, बालसाहित्य जस्ता गरी झण्डै ११ एक दर्जन कृति प्रकाशित छन् । विनय कसजूका लघुकथामा व्यंग्य विषयमा एमफिल गरेका भण्डारी नेपाली लघुकथामा व्यंग्य विषयमा विद्यावारिधि गर्दैै छन्।

प्रकाशित: २८ माघ २०७८ ०७:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App