२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

सारेगमप लिटिल च्याम्स विजेता कृपा पौडेललाई झापामा भव्य स्वागत

‘सारेगमप लिटिल च्याम्स नेपाल’को पहिलो सिजनकी विजेता कृपा पौडेललाई आज भव्य स्वागत गरिएको छ। उनलाई भद्रपुर विमानस्थलमै जिल्लावासीले फूलमालाले भव्य स्वागत गरेका हुन्। उनी विजेता बनेपछि आज पहिलो पटक गृहजिल्ला झापा फर्किएकी हुन्।

विमानस्थलमै सयौँको संख्यामा स्वागतका लागि लामबद्ध साहित्यकार, विभिन्न संघसंस्थाका प्रतिनिधि, आफन्तजनसँग उनले खुशी व्यक्त गर्दै आफ्नो मात्र नभइ जिल्लावासीकै सफलता भएको बताइन्। उनलाई विमानस्थलबाट बाजागाजासहित १७ किलोमटरसम्मको दूरीमा रहेको गृहनगर बिर्तामोड पुर्‍याइएको छ। 

पौडेललाई जिताउन जिल्लामा नगेन्द्र सङ्ग्रौलाको अध्यक्षतामा ‘कृपा जिताउ अभियान’ नै सञ्चालन गरिएको थियो। सो अभियानले विर्तामोडस्थित झापा नाटक घरमा आज सम्मानको कार्यक्रमसमेत आयोजना गरेको समितिकी सदस्य तथा नारी सञ्चारगृहकी अध्यक्ष भीमा शिवाकोटीले बताइन्।

प्रकाशित: २७ माघ २०७८ ०६:३१ बिहीबार

झापा सारेगमप लिटिल च्याम्स नेपाल कृपा पौडेल