२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

तिमी मेरै हौ जस्तो लाग्छ किनकिन

मुक्तक

प्रदीप सापकोटा

     १) मुक्तक

झ्यालढोका अर्कै आकारमा देख्छु,

स्वयम् तिमी नै सरकारमा देख्छु।

कसरी यस्तो भयो प्रिय मित्र,

झुप्रोमा थियौ दरबारमा देख्छु।

    २) मुक्तक

अनौठो छ दानवता मान्छेमा,

कहाँ गयो मानवता मान्छेमा।

पापै पाप बोकेर मन्दिर गई,

हातमा चाहिं अक्षता मान्छेमा।

     ३) मुक्तक

तिमी मेरै हौ जस्तो लाग्छ किनकिन,

मनमा हरदम तिम्रै मात छ किनकिन।

तिमीलाई सम्झेपछि केके हुन्छहुन्छ,

अचानक बाँच्ने मोह जाग्छ किनकिन।

    ४) मुक्तक

छाउनु भाको छ फेसबुकमा,

आउनु भाको छ फेसबुकमा।

हजुर त सबैको प्रिय मान्छे,

प्रीत लाउनु भाको छ फेसबुकमा।

    ५) मुक्तक

साथी या दुस्मन जे रोज्छौ तिम्रो रोजाइ भो,

जे मन लाग्छ त्यही सोच त्यो तिम्रो सोचाइ भो।

म त खालि एउटा साधन हुँ तिम्रो लागि,

कसरी भोग्छौ भोग त्यो तिम्रो भोगाइ हो।

प्रकाशित: २० माघ २०७८ ०२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App