२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

राजनीतिक रफ्तार

लघुकथा

विकल आर्त

ऊ दक्षिणतिरबाट तामझामका साथ विकासका आविष्कार र ऊर्जाहरू लिएर आउँदैछ भन्ने सूचना पाएर म उसको स्वागतार्थ पर्खिरहेको थिएँ। जिन्दगीको आधा उमेर पर्खिंदा पनि उसको अत्तोपत्तो थिएन। उसले आफैं म आइपुग्नै लागें। निराशा र दिक्दारीले छटपटाइरहेको बेला भनेको थियो गणतन्त्रले। म दक्षिण फर्किएको थिएँ। ऊ घुमेर आएछ। उत्तरतिरबाट मौका छोपेर पछाडिबाट भ्वाक्क भकुर्‍यो।

फर्केर हेर्दा दुई हात सिक्रीले जोडेर गिरफ्तार भएर आइरहेको देखियो। मेरो विकास हेर्ने अभिलाषा (सपना) सुरक्षाकर्मीले दिएको पहरा र अंगरक्षक बिचबाटै भीरबाटै खसालिदियो।

प्रकाशित: १९ माघ २०७८ ०५:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App